२८औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा प जेष्ठ नागरिक लाई दोसल्ला ओढाई सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १६ गते, मंगलवार ०८:१६

२८औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा परोहा नगरपालिकाद्वरा जेष्ठ नागरिक लाई दोसल्ला ओढाई सम्मान सम्मान गरी कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस ।सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा यो दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमापुहँच पु¥याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाइन्छ ।

संयुक्त राष्ट्र सङ्घले १९९० डिसेम्बर १४ मा अक्टुबर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेको थियो । सन् २००७ देखि नेपालले पनि यो दिवस मनाउँदै आएको छ । विक्रम सम्वत २०६८ सालको जनगणना अनुसार नेपालमाकुल जनसंख्याको ९ प्रतिशत अर्थात् २५ लाख वढी जेष्ठ नागरिक रहेकाछन् ।

जेष्ठ नागरिकहरुको अधिकार तथा सुरक्षाको प्रत्याभुति सम्बन्धि जानकारी गराउन भएको छ । सो कार्यक्रम को अध्यक्ष परोहा नगरपालिका को कार्यकारी अधिकृत देवनाथ यादव, महिला तथा बालबालिका कार्यालय प्रमुख, स्वास्थ्य शाखा संयोजक रामदेव साह, स-संयोजक जलन्धर यादव, शिक्षा शाखा’ लगायतका को वाडं अध्यक्ष हरू उपस्थित रहेको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु