ज्ञान ज्योति विद्यालयमा पशु कल्याण सचेतना कार्यक्रम सम्पन्ननेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

बानेश्वरको संगम स्वीट्लाई कारबाही, पसलमा सिलबन्दी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १६ गते, मंगलवार ११:१०

काठमाडौं :  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नयाँ बानेश्वरस्थित संगम स्वीट्लाई कारबाही गरेको  छ । अनुगमन टोलीले मिठार्इमा अखाद्य वस्तु भेटिएपछि  पसललाई सिलबन्दी गरेको  हो । अनुगमन टोलीले अखाद्य बस्तु मिसावट गरेर मिठाई बनाएको भेटिएपछि सो मिठाई पसलको उत्पादन केन्द्र र विक्रीवितरण केन्द्र दुवै शील गरेको हो । अनुगमन टोलीले मिठाई पसलको मिलन चोकमा रहेको उत्पादन केन्द्र र नयाँबानेश्वरस्थित विक्री वितरण केन्द्र दुवैको अनुगमन गरेको थियो ।

अनुगमन टोलीले मिठाई बनाउन प्रयोग गर्ने गरेको तेल, पाउडरलगायतका कच्चा सामग्री परीक्षण गरेको थियो । परीक्षणको क्रममा ७ वर्ष अघिको ‘डेट एक्पाएर’ भएको पाउडर समेत प्रयोग गरिएको पाइएपछि मिठाई पसल सिल गरिएको विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिए।

विभागले पसललाई खाद्य ऐन अन्तरगत कार्वाही गर्ने जनाएको छ । सरकारले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन काठमाडौंलगायत देशभरका मुख्यमुख्य शहरमा अनुगमनको कामलाई तीव्रता दिएको हो ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु