दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

राजनीतिका खेलाडी पोखरा रङ्गशालामा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १६, मंगलवार ११:१२

पोखरा : अधिकांश समय औपचारिक पोशाकमा सजिएर सभासमारोहमा देखिनुहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा यतिखेर पोखरा रङ्गशालामा जारी वल्र्ड रेङ्किङ टेनिस टुर्नामेन्टमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उमेर ६४ वर्ष पुगिसकेका उहाँ अहिले पनि उत्तिकै जोशिलो र फूर्तिलो रुपमा वल्र्ड रेङ्किङ्मा आफूलाई लैजाने प्रयासमा हुनुहुन्छ । सोमबार सम्पन्न ५५ वर्षमाथिको एकलमा पूर्वउपप्रधानमन्त्री थापाले फाइनलका लागि आफ्नो स्थान सुरक्षित गरिसक्नुभएको छ । उहाँले भारतका आदित्य कर्नानीको चुनौती ६–३ र ६–१ को सजिलो सेटमा हराउँदै अन्तिम प्रतिस्पर्धाका लागि आफूलाई उतार्नुभएको हो । उपाधिका लागि उहाँले अब कृष्णराज घले र अनिल तुलाचनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नुहुनेछ ।

त्यस्तै ५५ वर्षमाथिको डबल्समा भने नेपालका मनोज राणा र भारतका पवन जैनको जोडीले थापा र झ्याम्बा ढुण्डुपको जोडीलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । खेलको पहिलो सेट थापा जोडीले ६–० ले लिँदै उत्कृष्ट खेल प्रदर्शन गरे पनि दोस्रो सेटको खेल ७–५ ले आफ्नो पक्षमा पार्दै राणा जोडी खेलमा फर्किएको थियो । निर्णायक सेट राणा जोडीले सुपर टाइमा १३–११ ले आफ्ना पक्षमा पारेपछि थापा जोडी अन्तिम दुईको प्रतिस्पर्धाबाट बाहिरिएको थियो ।
सोमबारको खेलपछि थापाले खेलमा मनोवैज्ञानिक पक्षले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । खेलमा सामान्य गल्तीले पनि धेरै प्रभाव पार्ने उल्लेख गर्दै उहाँले जीतहार सामान्य प्रक्रिया भएको धारणा व्यक्त गर्नुभयो । खेललाई निकै अभिरुचिका साथ हेरिरहनुभएका उहाँकी धर्मपत्नी प्रलिताले भन्नुभयो, “खेल त राम्रै खल्नुभएको हो, तर अलिक बढी हतारिनुहुन्छ, मैलै धेरै पटक नहतारिनू भन्ने गरेकी छु ।”

पिता कर्णेल छत्रबहादुरको प्रेरणाबाट आफूसहित परिवार नै खेलतर्फ अभिप्रेरित भएको बताउँदै थापाले खेलकूदका अनुशासन र आदर्शलाई आफूले व्यक्तिगत जीवनका साथै राजनीतिमा महत्वपूर्ण पूँजीका रुपमा लिने गरेको उल्लेख गर्नुभयो । “खेलकूदमा मेरो बाल्यककालदेखिकै लगाव थियो, शुरुमा फुटबल धेरै खेल्थेँ, टेनिस पनि खेल्दै आएको छु”, उहाँले भन्नुभयो । उहाँले फुटबल एवं टेनिसका विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा आफूलाई उभ्याइसक्नुभएको छ । उहाँ दैनिक साढे एक घण्टा नियमित खेल्नुहुन्छ भने एक घण्टा सुदर्शन क्रियाको योग गर्नुहुन्छ ।

विद्यमान नेपाली राजनीतिमा अस्थिरता, अराजकता र अन्योल देखिएको बताउँदै उहाँले तत्कालीन निकासका लागि भने सरकारलाई काम गर्न दिनुपर्छ भन्नुभयो । सङ्घीयता, धर्म निरपेक्षताजस्ता विषयले राज्यमा जटिलता सिर्जना गरिरहेको आफ्नो स्पष्ट दृष्टिकोण भएको उहाँको भनाइ थियो

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु