एनआरएनए अध्यक्ष आरके शर्मा र महासचिव बुद्दी सुवेदीद्वारा परराष्ट्रमन्त्रीलाई ५ बुँदे ज्ञापनपत्ररेडियन्ट सेमिफाइनलमाएन्जल्स हार्ट बास्केटबलको फाइनलमासानलाई अझ मजबुत बनाउन आवश्यक– सदस्य–सचिवनेप्सेम्याक सन्देश सार्वजानिकीकरण तथा कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न"रोटरी क्लब अफ कपनको डिजी भिजिट कार्यक्रम सम्पन्न"आज मंसिर २१ गते बिहीबार हेर्नुस् राशिफलनेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वाग्मति काठमाडौलाईअपाङ्गता भएका महिलाहरू विरुद्धको हिंसा, नीतिगत सवाल र न्यायमा पहुँच विषयमा कार्यशाला गोष्ठीको आयोजनाब्लड क्यान्सबाट पीडित बालकको उपचारमा सहयोगको अपिल

‘निजगढ विमानस्थल बन्न नदिने षडयन्त्र’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १६ गते, मंगलवार ११:१३

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र भइरहेको उल्लेख गर्दै सचेत रहन सरकारलाई आग्रह गरेको छ । राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दलका नेता तथा कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र भईरहेको दावी गर्दै सचेत रहन सरकारलाई आग्रह गरेका हुन्।

उनले विमानस्थल निर्माणका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे । विमानस्थल अघि बढाउनका लागि सहज वातावरण बनाउन समितिले स्थलगत अवलोकनको काममा पनि ढिलाई गर्न नहुने प्रमुख प्रतिपक्ष दलका नेता पाण्डेको प्रस्ताव छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका राष्ट्रियसभा प्रमुख सचेतक खिमलाल भट्टराईले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको काममा ढिलाई गर्न नहुनेमा जोड दिए । उनले निजगढ विमानस्थल निर्माण विवाद तत्काल समाधान गर्न  सरकारलाई सचेत गराए ।

बैठकमा समितिकी सभापति दिलकुमारी रावलले दशैंं र तिहारको बीचमा निजगढ  विमानस्थलको स्थलगत अवलोकनका लागि जाने गरी आवश्यक तयारी गर्न सचिवालयलाई निर्देशन दिएका छन् ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु