भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

फाष्ट ट्रयाकको डिपीआर कोरियन सुसुङ कम्पनीलाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १७ गते, बुधबार ०४:२०

काठमाडौँ– नेपाली सेना र दक्षिण कोरियाको सुसुङ इञ्जिनीयरिङ  कम्पनी लिमिटेडबीच काठमाडाँै –तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माणसम्बन्धी सम्झौतापत्रमा मंगलबार हस्ताक्षर भएको छ ।    राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न  कोरियाली परामर्शदाता कम्पनी छनोट भएको हो । सैनिक मुख्यालय जङ्गी अड्डामा  आयोजना प्रमुख एवं उपरथी योगेन्द्रबहादुर खाँण र  सुसुङ कम्पनीका अध्यक्ष कि ह्युन ह्वाङले सोसम्बन्धी सम्झौतापत्रमा मंगलबार हस्ताक्षर गरे ।

यसअघि भारतीय कम्पनी आइएल एण्ड एफएसले डिपिआर तयार गरेकामा प्रतिवेदनको मूल्यका विषयमा सहमति नभएपछि नेपाली सेनाले अर्काे परामर्शदाताको छनोट गरेको थियो । आयोजना प्रमुख खाँणले डिपिआरका लागि छनाट भएको कोरियाको सुसुङ कम्पनीसँग मंगलबार निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको जानकारी दिए । उक्त डिपिआर करीब रु १० करोड १३ लाखको लागतमा आगामी कात्तिक ५ गतेदेखि लागू हुने गरी आगामी १०५ दिनभित्र तयार हुने जनाइएकोछ ।

द्र्रुतमार्गको डिपीआरका लागि १ज्ञ परामर्शदाता कम्पनीले आवेदन दिएका थिए । एशियाली विकास बैँकले सन् २००८ मा तयार गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई आधार मानेर अहिले सेनाले निर्माणसम्बन्धी आधारभूत र प्रारम्भिक कार्य गर्दैआएको छ । फाष्ट ट्रयाक आफँैमा बृहत् र विशिष्ट आयोजना भएकाले समयसीमाभित्र जिम्मेवारी पूरा गर्ने सन्दर्भमा यकिन रेखाङ्कन, सडकको ढाँचा, लागत अनुमान एवं पर्न सक्ने वातावरणीय प्रभावसमेतको विश्लेषणका आधारमा निर्माणसम्बन्धी सबै क्रियाकलाप एकैसाथ अघि बढाइएको आयोजना प्रमुख खाँणले जानकारी दिए ।

वन संरक्षणमा कोरियाले सहयोग गर्ने
काठमाडौँ(जस)–नेपाल र गणतन्त्र दक्षिण कोरियाबीच वन तथा वातावरण संरक्षणका क्षेत्रमा सहकार्य हुने भएको छ । कोरियाले नेपालको वन तथा पर्यावरण क्षेत्रमा आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न चासो देखाएको हो । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसँगको मंगलबार मन्त्रालयमा भएको भेटमा नेपालका लागि कोरियाली राजदूत पार्कयोस् सिकले उक्त सहकार्यको प्रस्ताव राखेको मन्त्रालयले जनाएको छ ।

भेटमा मन्त्री बस्नेतले केही वर्षअघि नेपालमा वन जङ्गल विनाश भएर मरुभूमीकरण हुने हो कि भन्ने विश्व समुदायले चिन्ता जाहेर गर्ने गरेको स्मरण गर्दै पछिल्लो समय नेपालको कूल क्षेत्रफलमध्ये करीब ४५ प्रतिशत भू–भाग वन क्षेत्रले ओगटेको तथ्याङ्क उल्लेख गरे । “हामीले वन क्षेत्र र पर्यावरण संरक्षणमा धेरै राम्रो सफलता प्राप्त गरेका छौँ”, मन्त्री बस्नेतले भने, “खर्भरै मात्र सार्वजनिक गरिएको बाघ गणनाको तथ्याङ्कले पनि त्यही देखाउँछ ।”

नेपाल पूर्वाधार विकासको चरणमा रहेको भन्दै मन्त्री बस्नेतले विकास र पर्यावरणबीच उचित सन्तुलन मिलाएर अघि बढ्ने नीतिमा सरकार र मन्त्रालय रहेको अवगत गराए । यस्तै उनले नेपालमा वन जङ्गल क्षेत्र बढेकाले अब काष्ठ र गैरकाष्ठजन्य वस्तुसँगै कार्बन व्यापार गर्ने योजनामा सरकार रहेको बताए । कोरियाले खाली जमीनमा जङ्गल क्षेत्र विस्तार गरेको चर्चा गर्दै राजदूत सिकले नेपालसहित विकासशील मुलुकमा सोही पद्धति अवलम्बन गर्न सकिने बताएका थिए । कोरिया सरकारको हरियाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत नेपालमा सहयोग गर्न तयार रहेको राजदूत सिकको भनाइ थियो ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु