ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

नेपाल र कोस्टारिकाले कृषि र मौसम परिवर्तनबारे मिलेर काम गर्ने, प्रधानमन्त्रीलाई पिएचडी उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १७, बुधबार ०४:२१

सान होज –प्रधानमन्त्री केपी शर्मा ओली र कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभारादो क्वेसाडाबीच अन्तर्राष्ट्रिय शान्ति, कृषि, मौसम परिवर्तन आदि क्षेत्रमा मिलेर काम गर्नसक्ने विषयमा छलफल भएको छ । वार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफूले कोस्टारिकाका विषयमा धेरै कुरा सुनेको, अहिले देख्न पाएको र भ्रमणका लागि यसभन्दा उपयुक्त समय नभएको बताए । उनले कोस्टारिकाले आर्थिक, वातावरण संरक्षण, मानवाधिकारजस्ता विषयमा निकै प्रगति गरेको आफूले देखेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले आफूले पिरिस जलविद्युत् परियोजना तथा वायुऊर्जा संयन्त्र हेर्ने मौका पाएको, शान्ति विश्वविद्यालयमा मानार्थ विद्यावारिधिको उपाधि स्वीकार्दा शान्ति तथा सामाजिक– आर्थिक विषयमा छलफल गर्न पाएको जानकारी दिए । उनले दुई देशबीच सम्बन्ध तथा सहयोगका क्षेत्र विस्तार गर्ने विषयमा छलफल भएको र त्यसमा गरीबी, गरिबी निवारण, दिगो विकास, वातावरण संरक्षण, स्वच्छ ऊर्जा र अन्य विषय समेटिएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले दुई नेतृत्वबीच नेपालको प्राथमिकता, समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य, वातावरणीय परिवर्तन, महिला सशक्तीकरण, प्रजातन्त्र, सुशासन, निःशस्त्रीकरण आदि विषयमा पनि छलफल भएको जानकारी दिए । प्रधानमन्त्री ओलीले राष्ट्रपति क्वेसाडा तथा प्रथम महिलालाई उपयुक्त छिटो समयमा नेपाल भ्रमणको निमन्त्रणा पनि दिएका छन् । प्रधानमन्त्री ओली तथा राष्ट्रपति क्वेसाडाबीच छुट्टै एकल वार्तासमेत भएको थियो । यसपछि दुई मुलुकबीच प्रतिनिधिमण्डलस्तरमा वार्ता भएको थियो ।

कोस्टारिकाका प्रथम महिला क्लाउडिया डोबल्स कामार्गोले पनि प्रतिनिधिमण्डलसँग भेट गरेका थिए । उनले प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यसँग छुट्टै वार्ता गरेका थिए । प्रधानमन्त्री ओली मंगलबार राष्ट्रपति क्वेसाडासँग भेटवार्ता गर्न कोस्टारिका कला सङ्ग्रहालय आइपुग्दा उनीलाई प्रथम उपराष्ट्रपति तथा विदेश मामिलामन्त्री एप्सी क्याम्पबेल बारले स्वागत गरेका थिए ।

स्वागतपछि दुवै मुलुकको राष्ट्रिय धुन बजाइएको थियो । प्रधानमन्त्री ओलीले मंगलबारै कोस्टारिका कला सङ्ग्रहालयको अवलोकन गरे । सान होजेको पुरानो विमानस्थलमा रहेको ला सबाना उद्यानमा सो सङ्ग्रहालय अवस्थित छ । सङ्ग्रहालयमा छ हजार कला सजाइएको छ । यो स्थायी सङ्ग्रहालय हो र यसले कहिलेकाहीँ अस्थायी प्रदर्शनी पनि आयोजना गर्छ । यहाँ ल्याटिन अमेरिकाका कलाकार जासे साञ्चो, म्याक्स जिमेनेज, फ्रान्सिस्को जुनिगा तथा जर्ज जिमेनेज देखेदियाजस्ता कलाकारका कला प्रदर्शनीमा राखिएको छ । यहाँ कोस्टारिकाका प्रायः सबै कला प्रदर्शनमा छन् भने विश्वभरका करीब ५६० समसामयिक कला पनि राखिएका छन् ।

सङ्ग्रहालयको बाहिरी भागमा मूर्तिकला सजाइएको छ । यहाँ फ्रान्सेली कलाकार लुइस फेरोनको पनि कला सजाइएको छ । मंगलबारै कोस्टारिकाका राष्ट्रपति क्वेसाडा तथा प्रथम महिलाले प्रधानमन्त्री ओली तथा उनीकी धर्मपत्नी शाक्य तथा नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गरे । प्रधानमन्त्री ओलीसँग उनका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, कोस्टारिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका थिए ।

प्रधानमन्त्रीलाई पिएचडी उपाधि
सान होज (जस)– युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पु¥याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान गरेको छ ।  यहाँ मंगलबार आयोजित समारोहमा उक्त उपाधि स्वीकार गर्दै प्रधानमन्त्री ओलीले आफूलाई दिइएको उपाधि नेपालको शान्ति प्रक्रियाको सफलता तथा शान्ति चाहने नेपाली जनताको सम्मान भएको बताए । उनले भने, “ यो उपाधि शान्तिका दूत बुद्ध जन्मेको मुलुकका जनतालाई दिइएको हो, विश्वभर समझदारी, सहिष्णुता तथा शान्तिका लागि यस विश्वविद्यालयले गरेको कामको प्रशंसनीय छ ।”

प्रधानमन्त्री ओलीले विश्वका नेताहरू जुनसुकै मुलुकबाट आए पनि संयुक्त राष्ट्र सङ्घमा शान्तिपूर्ण पृथ्वी, साझेदारीयुक्त प्रगति तथा मानवताको प्रगतिका लागि एकबद्ध भएको बताए । राष्ट्र सङ्घको महासभाको ७३ औँ महाधिवेशनमा आतङ्कवादको बढ्दो घटना, बढ्दो तापक्रम र समुद्रको बढ्दो सतह, निरन्तर गृहयुद्ध तथा क्षेत्रीयताका घटना र निरन्तर खाद्य असुरक्षाका विषय उठाइएको जानकारी दिए । प्रधानमन्त्री ओलीले सो विश्वविद्यालयसँग मानवले भोगेका द्विविधा समाधान गर्ने उपाय हुने भएकाले त्यसको समाधान खोज्नुपर्नेमा जोड दिँदै शान्ति र सहिष्णुताको संस्कृति सिर्जना गर्ने, त्यसको खोजलाई अभिप्रेरित गर्ने र त्यसबाट विश्वले हाल भोगेका द्विविधाको समाधान दिने बताए ।

प्रधानमन्त्री ओलीले वर्तमान विश्व सफलता र असफलता, प्रगति र दुर्गति एवं आशा तथा निराशा सबैको समायोजन भएको बताउँदै विश्वले आकर्षक आर्थिक प्रगति र असाधारण प्राविधिक प्रगति हासिल गरे पनि ती फाइदा न्यायोचित रूपमा सबैले प्राप्त नगरेको, अमानवीयता तथा गरीबी अझै विद्यमान भएको र समाज तथा मुलुकबीच असमानता अझै बढ्दो रहेको उदाहरण दिए । उनले हजारौँ जनताको ज्यान गृहयुद्धका कारण गुमेको र आतङ्कले विश्वको सबै भागमा अझै चुनौती दिएको उल्लेख गरे । प्रधानमन्त्री ओलीले अहिले धेरै समस्याले मानव मस्तिष्कमा जरो गाडेको र मस्तिष्कमा रहेको हिंसा भावनाले युद्धमा लैजाने गरेको बताउँदै व्यक्तिमा उब्जिएको लालचले द्वन्द्व तथा भ्रष्टाचार बढाउने र व्यक्तिको मगजमा रहेको अज्ञानले असहिष्णुताको संस्कार जन्माउने धारणा व्यक्त गरे । उनले भने, “पहिले मानिसको दिमागमा नै शान्ति जगाउनुपर्छ, त्यो नै शान्तिका लागि नभई नहुने कुरा हो ।” प्रधानमन्त्री ओलीले मानव मस्तिष्कको उपयोग पूर्ण रूपमा भइनसकेको र लाखौँ व्यक्ति पछाडि परेको उल्लेख गर्दै उनीहरूलाई शिक्षा दिलाएर प्रगति गराउन सकिने भएकाले त्यसैमा लगानी गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले सम्झना शक्ति, सिर्जनशीलता तथा कल्पनाशीलता मानव मस्तिष्कका दुई ठूला पक्ष भएको बताउँदै पछि परेका मानव समुदायले पूर्णता प्राप्त नगरेसम्म कुनै एक पक्षको प्रगति र समृद्धि दिगो नहुने विचार व्यक्त गरे । प्रधानमन्त्री ओलीले शिक्षाले सकारात्मक दृष्टिकोण दिनुपर्ने, नयाँ क्षितिज खोल्नुपर्ने तथा समाज र मुलुकको विकासमा सघाउनुपर्नेमा जोड दिँदै भने, ‘‘ शिक्षाले समृद्धि दिन्छ, समृद्ध व्यक्तिले परिवारलाई समृद्ध बनाउँछ, समृद्ध परिवारले समाज विकास गर्न सघाउँछ । समृद्ध समाजले नै मुलुक बनाउँछ र त्यसले मानवताको विश्वव्यापीस्तरमा समझदारी राख्न सिकाउँछ ।’’

उनले व्यक्तिगतस्तरमा समाजको सर्वोपरि भलाइसँगै स्वतन्त्रता नै शान्तिको जग भएको बताउँदै राजनीतिक प्रक्रियामा अर्थपूर्ण सहभागिता तथा तर्कपूर्ण शक्ति बाँडफाँटले दिगो शान्तिमा सहयोग गर्ने विचार व्यक्त गरे । “आर्थिक जगत्मा हुने र नहुनेबीचको भिन्नता तथा शोषणयुक्त आर्थिक अवस्था अन्त्य हुनुपर्छ । रोजगारीविहीनता अन्त्य हुनुपर्छ । आधारभूत तथा न्यायोचित मानवीय जैविक आवश्यकता पूर्ति हुनुपर्छ’’, उनले भने ।

शान्ति विश्वविद्यालय बडापत्र (युपिस चार्टर) शान्ति विश्वविद्यालय स्थापना गर्न तयार भएको अन्तर्राष्ट्रिय सन्धि हो । नेपाल यस विश्वविद्यालयको बडापत्रमा हस्ताक्षर गर्ने ४१ औँ मुलुक बनेको छ । उक्त विश्वविद्यालय राष्ट्र सङ्घको महासभाको सन् १९८० को डिसेम्बर ५ को निर्णय ३५÷५५ बाट स्थापना भएको हो । सो विश्वविद्यालयलाई ‘शान्तिसम्बन्धी सबै विषयको अन्तरविषयगत अध्ययनमार्फत मानव तथा समाजको विकासका लागि शिक्षण, अनुसन्धान, स्नातकोत्तर तालीममा संलग्न हुने र आधारभूत ज्ञान प्रवाह गर्ने’ कार्यादेश तोकिएको छ । सो विश्वविद्यालयमा अध्ययनका लागि निवेदन दिने हस्ताक्षरकर्ता मुलुकका विद्यार्थीले शिक्षण खर्चमा स्वतः ३० प्रतिशत छुट पाउने व्यवस्था छ ।

प्रधानमन्त्री ओली मंगलबार सेन्ट्रल भ्यालीस्थित विश्वविद्यालयको राद्रिगो काराजो क्याम्पसमा आइपुग्दा उनीलाई रेक्टर फ्रान्सिस्को रोजास आराभेनाले स्वागत गरेका थिए । रेक्टर आराभेनाले नेपाल र कोस्टारिकाबीच रहेका भिन्नता र समानताबारे बताउँदै शान्ति विश्वविद्यालयका क्रियाकलापका विषयमा जानकारी दिए ।  विश्वविद्यालयका शैक्षिक निर्देशक तथा अन्तर्राष्ट्रिय कानून विभागका प्रमुख डा मिहिर कनाडेले प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्नाको कारणबारे जानकारी दिएका थिए ।

यसैगरी कोस्टारिकाका विदेश मामिला उपमन्त्री लोरेना अगुइलरले नेपालमा शान्ति र प्रजातन्त्र स्थापनाका लागि प्रधानमन्त्री ओलीले निर्वाह गरेको भूमिकाबारे चर्चा गरेका थिइन् । कोस्टारिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको चार दशकपछि जनताबीच सम्बन्ध स्थापना हुन थालेको बताए । समारोहपछि रेक्टर आराभेनाले प्रधानमन्त्री ओलीको सम्मानमा विश्वविद्यालयको ‘रिक्रियटिभ पार्क’ मा दिवाभोजको आयोजना गरे । समारोहमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीको पनि उपस्थिति थियो ।
श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु