दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मेनपावर व्यवसायीको मागमा काँग्रेसको समर्थन : सभापति देउवा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १७ गते, बुधबार १०:०९

काठमाडौं–उनले मेनपावर व्यवसायलाई धराप पार्ने सरकार विरुद्ध आन्दोलन भए काँग्रेसले काँध थाप्ने आश्वाशन दिए । नेपाली काँग्रेस समर्थित व्यवसायीहरुको संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार फोरमको नयाँ नेतृत्वलाई आफ्नै निवासमा बोलाएर सभापति देउवाले सरकारले जताततै आतंक मच्चाएको र व्यवसायीलाई धरासायी बनाइरहेको भन्दै अव चुप लागेर बस्न नहुने बताए ।
उनले फोरमका नवनिर्वाचित पदाधिकारीलाई कार्यकालको शुभकामना दिदै खादा लगाइदिएर बधाई दिए । फोरमका अध्यक्ष हंशराज वाग्लेको नेतृत्वमा भएको व्यवसायीहरुले देउवालाई आफ्ना पीडा तथा मागहरु सुनाए । अध्यक्ष वाग्लेले भने–‘व्यवसाय सिध्याउन केही हाम्रै व्यवसायी र श्रममन्त्री लागेका छन्, अव हामी आन्दोलन गर्छौ, तपाईको र पार्टीको साथ चाहिन्छ ।’

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले मेनपावरको धरौटी बढाउने, ठूलो रोजगार गन्तब्य विना आधार बन्द गर्ने, व्यवसायी विरोधी नियमकानून ल्याउने, केही डलरवालाको एकतर्फी आवाज सुन्ने कार्यमा उद्यत भएको फोरमको आरोप छ । यता फोरमले आफ्नै छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यशैली प्रति विरोध नजाएपछि संघले पनि सरकारप्रति १६ बूँदे माग राख्दै अनिश्चितकालिन आन्दोलनको चेतावनी दिएको छ ।

यता फोरमले संघले आन्दोलन नगरे आफैले गर्ने बताउँदै आएको थियो । फोरमले काँग्रेसका बरिष्ठ नेता रामन्द्र पौडेललाई समेत भेटेको छ । ‘हाम्रो सिंगो पार्टी तपाईहरुको साथमा हुनेछ र कामदार र ब्यवसायीको हितमा काम गर्नुहोस अनाबश्यक निति नियम लागु हुन नदिन हामी हाम्रा पार्टीका सभासदहरुलाई निर्देशन गनेछौँ’ काँग्रेसका बरिष्ठ नेता पौडेलले बताए ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु