मलेसिया , मलेसियामा आजबाट सुरू विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को पहिलो खेलमा नेपालले म्यानमारलाई २९ रनमा समेटेको छ । कमजोर म्यानमारबीरुद्ध टस हारेर नेपालले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा २९ रन खर्चिएर सबै विकेट लियो । मलेसियाको बायुमास ओभर क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको म्यानमारले निर्धारित २० ओभरको खेलमा १० ओभरमा सबै विकेट गुमाउँदै २९ रनमा समेटियो । नेपालका लागि सन्दिप लामिछानेले ४ तथा ललित राजबंशीले ३, करण केसी र ललित भण्डारीले एक-एक विकेट लिए । म्यानमारका लिन अंङले सर्वाधिक १६ रन जोडे । म्यानमारका ६ जना ब्याट्समेन शून्यमा आउट भए ।