चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

नेपालद्वारा म्यानमार ८ विकेटले पराजित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १७, बुधबार ०८:२९

काठमाडौं १७ असोज,। टी-२० विश्वकपको एसिया ‘बी’ छनोटमा बुधबार भएको आफ्नो पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले हराएको छ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा म्यानमारले दिएको ३० रनको लक्ष्य नेपालले ३ ओभरमा २ विकेट गुमाएर  पुरा गर्याे।

करण केसीले नटआउट १४ रन बनाए भने अनिलकुमार साहले ११ रन जोडे । विनोद भण्डारीमा १ रनमा नटआउट रहे । ओपनर प्रदिप ऐरीले भने खाता नै खोल्न सकेनन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ थालेको म्यानमारले १० ओभरमा सबै विकेट गुमाएर २९ रन बनाएको थियो ।

नेपाली स्पीनरहरुका अगाडि म्यानमारका ब्याट्सम्यान चल्न सकेनन् । सुरुवाति ५ ओभरमा फास्ट बलरले ५ ओभर बलिङ गर्दा २ विकेट गुमाएर २३ रन बनाएको थियो । तर, सन्दिप लामिछाने र ललितनारायण राजवंशी आएपछि थप ५ ओभरमा ८ रन जोड्दा बाँकी ८ विकेट गुमायो । ननौं ओभरमा सन्दिपले तीन विकेट लिए भने दशौं ओभरमा पनि ३ विकेट नै गुम्यो ।

सन्दिपले ३ ओभरमा ३ रन दिएर ४ विकेट लिए भने राजवंशीले ३ ओभरमा २ मेडन राख्दै ३ रन खर्चिँदै ३ विकेट नै लिए । करण केसी र ललित भण्डारीले समान १-१ विकेट हात पारे ।म्यानमारका हेट लिन होङले सर्वाधिक १६ रन बनाउँदा ६ ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु