दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कम्बरमा ५ किलो सुन बोकेका भरिया पक्राउ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १७ गते, बुधबार १४:२१

काठमाडौं , तस्करीको ५ किलो सुन बोकेर काठमाडौं प्रवेश गरेका शोबहादुर तामाङ बालाजुको तीनपिप्लेबाट पक्राउ परेका छन् । १८ वर्षका शोबहादुर तामाङ रसुवा गोसाइकुण्ड थमान ९ का हुन् । रसुवा नाकाबाट काठमाडौंसम्म सुन पुर्‍याउने जिम्मा दिएका उनले कम्मरमा सुन बोकेका थिए ।

पछिल्लो समय मोटरसाइकल र निजी गाडीमा चेकजाँच बढाएपछि उनी सार्वजनिक बस चढेर आएका थिए तर, प्रहरीको एम्बुस टोलीमा परेका छन् । उनले विच्याटमा डिल गरेका थिए । एक केजी बराबर ५० हजार र एक वर्षको कलेज शुल्क तिर्ने सहमतिपछि उनी सुन बोकेर काठमाडौं आएको खुलेको छ । उनले सुन कसलाई बुझाउन लागेका थिए भन्ने खुलेन । उनीसँगै सुराकी आएको र पक्राउ पर्नासाथ सबै सम्पर्क टुटेको देखिएको प्रहरीले बताएको छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु