एनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्नINCS साउदी अरबियाको प्रथम औपचारिक बैठक सम्पन्न, थापाको संयोजकत्वमा २६ सदस्यीय नयाँ कार्यसमिति गठन

चाडपर्वको लागि विशेष सुरक्षा रणनीति अपनाइने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १७ गते, बुधबार ०८:३८

विराटनगरः जिल्ला प्रहरी कार्यालय मोरङले आउदो दशैँ, तिहार, म्हँ पूजा, छठपर्व सर्वसाधारण जनताले हर्षोउल्लास रुपमा मनाउने वातावरण बनाउनका लागि विशेष सुरक्षा रणनीति अपनाउने भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आज यहाँ आयोजित समुदायसँग चिया कार्यक्रमको आयोजना गरी चाडपर्वको बेला धेरै भीडभाड हुने स्थानमा सादा पोशाकमा प्रहरी खटाउनुका साथै पैदल र साइकल गस्ती गर्ने प्रहरीको व्यवस्था गरेको जनाएको छ ।

यस्तै वित्तीय संस्था, सुनचाँदीलगायतका अन्य पसलमा सादा पोशाकमा हतियार सहितको प्रहरीको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताए।

सीमा क्षेत्रमा विशेष सर्तकता, मुख्य मार्ग तथा सहायक मार्गमा सवारी चेकजाँचको विशेष व्यवस्था, जुवातास नियन्त्रण, मादकपदार्थ बिक्री वितरण क्षेत्रमा विशेष अनुगमान, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने विशेष अनुगमन, पटका नियन्त्रण, व्यस्त क्षेत्रमा यौन दुव्र्यवहार नियन्त्रण आदि लगायतका रणनीति अपनाएको उपरीक्षक केसीले बताए ।

यसैगरी चाडपर्वका बेला सीमा क्षेत्रबाट हुने हातहतियार ओसारपसार नियन्त्रण, अवैध पैठारी नियन्त्रण, लागुपदार्थ ओसारपसार नियन्त्रणमा सर्तकता, समाजमा शान्ति सुरक्षा भङ्ग गर्नेलाई नियन्त्रण आदि कार्यमा विशेष सर्तकता अपनाइने भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले जिल्लालाई नौ क्षेत्रमा विभाजन गरी सुरक्षाका लागि ९५० प्रहरी परिचालन गरिने जनाएको छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु