चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौँको अठार सय स्थानमा सिसी क्यामेरा जडान गरिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १७, बुधबार ०८:४०

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले सुरक्षालाई थप मजबुत बनाउनका लागि एक हजार ८०० स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ । यसअघि नेपाल प्रहरीले कामपाभित्र ३५० स्थानमा सिसी क्यामेरा जडान गरिसकेको छ । ती क्यामेराले अपुग भएपछि कामपाले थप क्यामेरा जडान गर्न लागेको हो । प्रहरीले उपत्यकामा करीब ५०० भन्दा बढी क्यामेरा जडान गरेको छ ।

अब जडान गर्ने अरु एक हजार ४०० भन्दा बढी क्यामेराको लागि पनि नेपाल प्रहरीसँगै मिलेर नै काम गर्ने कामपाको सूचना प्रविधि महाशाखा प्रमुख धु्रव काफ्लेले जानकरी दिए।

जडानको लागि एक हप्ताअघि कामपा र नेपाल प्रहरीबीच कार्यदल बनिसकेको छ । यसअघि नेपाल प्रहरीले कामपाको मुख्य शहरमा क्यामेरा जडान गरे पनि अब राखिने क्यामेरा सम्पदा क्षेत्र, नदीको किनार र कम सुरक्षा रहेको सडक गल्लीमा राखिने तयारी कार्यदलको छ ।

त्यसैगरी आगामी दिनमा फोहर सङ्कलन क्षेत्रमा पनि क्यामेरा राखिनेछ । नगरका कर्मचारीले समयमा नै फोहर सङ्कलन गरेकी गरेनन् भन्नेबारे जानकारी लिने र नगरेमा कारवाही गर्न सहजिलो हुने विश्वास गरिएको छ । त्यस्तै सर्वसाधारणले पनि जथाभावी फोहर फालेका छन् की छैनन् भन्ने जानकारीको लागि पनि यसरी क्यामेरा जडान गर्न लागिएको हो ।

सम्पदा क्षेत्रको संरक्षण र सरसफाइ नियमित गर्नका लागि क्यामेराले सहयोग गर्ने पनि जनाइएको छ । क्यामेराको क्षमताको आधारमा कति कति दूरीका क्यामेरा जडान गर्ने निश्चित गरिन्छ । सामान्यतया एउटा क्यामेराले तीन मिटरदेखि २५ मिटरसम्मको क्रियाकलापलाई सुरक्षित गर्दछ ।

उक्त कार्यको लागि कामपा र नेपाल प्रहरीले लगानी नगरी सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत काम अघि बढाइने छ । दशैँअगावै काम शुरु गर्ने भने पनि दुई पक्षबीचको आन्तरिक छलफल बाँकी रहेकाले दशैँलगत्तै प्रभावकारीरुपमा काम शुरु गरिने जानकारी गराइएको छ ।

 

 

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु