डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

कतारमा १५० जना नेपाली कामदार अलपत्र (अलपत्र परेका नेपाली कामदारको विवरण सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १७, बुधबार ०८:४३

दोहाः कतारमा १५० जना नेपाली अलपत्र परेका छन् । उनीहरु कतारको सहानिया स्थित होमटोन इन्टरनेशनल कम्पनीमा अलपत्र परेका हुन् । उनीहरुसँगै लगभग ९०० जना आप्रवासी कामदार  अलपत्र परेका छन् ।कम्पनीले बिगत ५ महिना देखि तलब नदिएको तथा घाइते र बिरामीको समेत उपचार नगरेपछिपछि उनीहरु अलपत्र परेका हुन। “कम्पनीले तलब दिदैन खान बस्न पनि समस्या छ ।बत्ति पानी पनि छैन अहिले विभिन्न संघ सस्थाको सहयोगमा बाचेका छौ “पीडितको भनाइ छ।

कम्पनीले आप्रवासी कामदारलाई वेवास्ता गरेपछि  ३२ जना पीडित कतार स्थित नेपाली दूतावासमा गए पनि दूतावासले बैकल्पिक काम खोजेर रिलिज लिन अथवा टिकट काटेर स्वदेश फर्किन सुझाव दिएको पीडितहरु बताउँछन्।आफुहरु नेपाल बाट श्रम स्वीकृत लिएर बैधानिक रूपमा कतार आएको भएपनी दूतावासले न्यायका लागि कुनै ठोस पहल गरेको छैन् ।  रगत पसिना बगाएर काम गरेका छौ, ५ महिनाको तलब पनि दिएको छैन्, घर बाट पैसा मागेर कसरी स्वदेश फर्कने चिन्ता रहेको  पीडितको गुनासो छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु