असोज १७, काठमाडौं । मित्रराष्ट्र पाकिस्तानमा तयारी बस्तुहरुको प्रदर्शनी आज देखि राजधानीको त्रिपुरेश्वरस्थि वल्ड टेड सेन्टरमा शुरु भएको छ ।
सो प्रदर्शनीको आज एक समारोहबीच नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष हिमालय शम्शेर राणाले प्रदर्शनीका उद्घाटन गर्नु भयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष राणाले नेपाल र पाकिस्तानबीच दौत्य सम्बन्ध बिस्तारको ६० वर्ष पुगे सके पनि व्यापार व्यवसायको क्षेत्रमा दुई मुलुकबीच त्यति अघि नबढेको बताउँदै यसलाई प्रर्दशनीमा छालाका सामान संगै खेलकुदमा सामानहरु पनि राखिनु पर्ने बताउनु भयो ।
यसैगरी कार्यक्रममा मेड इन पाकिस्तान प्रदर्शनीलाई शुभकामना दिंर्दै नेपालका लागि पाकिस्तानका महामहिम राजदूत डा. मजहर जाभेदले यस खालको व्यावसायिक प्रदर्शनीले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने अवधारणा राख्नु भयो ।
यसैगरी कार्यक्रममा राबलपिन्डी चेम्बर अफ कर्मसका अध्यक्ष तथा आयोजक खुर्शीद बर्लादले नेपालमा आफुले प्रदर्शनी गर्दा नेपालीहरुबाट राम्रो सहयोग पाएको बताउनु भयो ।
उद्घाटन कार्यक्रम पछि प्रमुख अतिथी हिमालय शम्शेर र महामहिम राजदूत जाभेदले प्रदर्शनीको अवलोकन गरेको थिए ।
आगामी असोज २३ गतेसम्म संचालन हुने प्रदर्शनीमा पािकस्तानमा उत्पादित विशेष गरी छालाका ब्याग, छालाका ज्याकेट , फर्निचर, कुर्ता सुरुवाल, पश्चमिना ,घरायसी प्रयोजनका सामान , घरेलु उद्योग र प्रशाधनका बस्तुहरु राखिएको छ ।
सम्बन्धित शीर्षकहरु