चालक निदाउँदा दुर्घटना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार ११:४८

काठमाडौं : बबरमहलमा बुधबार दिउँसो पौने २ बजे भयानक दुर्घटना भएको छ । गुडिरहेको कारको चालक निदाउँदा दुर्घटना भएको हो ।
बानेश्वरबाट माइतीघर तर्फ गइरहेको बा १० च नम्बरको कारको चालक चर्को घामको रापले अकस्मात् निदाए । चालक निदाएपछि कार आफ्नो लाइन छोडेर विपरित स्थानम पुग्यो ।

कार अचानक हुइँकिएर विपरित ठाउँमा आएपछि माइतीघरबाट बानेश्वरतिर जाँदै गरेको बा ८७ प ३८८५ नम्बरको मोटरसाइकल बेजोडसँग ठोक्कियो । त्यसपछि कारमा अरु मोटरसाइकल समेत ठोक्किए । कार र मोटरसाइकल ठोक्किँदा बम फड्के जस्तै आवाज आयो । सडकमा अन्य सवारी साधनमा यात्रा गरिरहेकाहरु समेत तर्सिए । मोटरसाइकल चालकको रातो रंगको एउटा जुत्ता उछिट्टएर जिल्ला अदालतको गेटनजिक पुग्यो ।

 

दुर्घटनामा मोटरसाइकलमा २ जना पुरुष गम्भीर घाइते भएका छन् । उनीहरुलाई तत्कालै अस्पताल लगिएको छ ।दुर्घटनामा कारको अगाडिको भाग कचाककुचुक भएको छ । मोटर साइकल चकनाचुर भएको छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु