डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्र्तराष्टिय रुपमा पुर्याउन सरकारले प्रधानमन्त्री आधुनिकीकरण परियोजना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १८, बिहीबार ०२:५७

असोज १७ सिन्धुली । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले सरकारले स्थानीय किसानको समस्या समाधान गर्न लागि परेको बताएका छन् । नेकपा सिन्धुलीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् । उनले सिन्धुलीको स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्र्तराष्टिय रुपमा पुर्याउन सरकारले प्रधानमन्त्री आधुनिकीकरण परियोजनाका रुपमा जुनारका लागि सुपरजोन क्षेत्र तोकेको बताए । कार्यकर्तासँगको अन्र्तक्रियामा उनले आफूले कृषि क्षेत्रको विकासका लागि ठोस योजनाका साथ काम गर्ने उल्लेख गरे । नेकपा माओबादीका स्थायी समिति सदस्य समेत रहेका खनालले पार्टीमा देखिएका केही अन्तरविरोध देखिएपछि त्यसबाट कार्यकर्ता निराश हुनुपर्ने अवस्था नरहेको बताए । उनले अहिले देश नयाँ संघीय संरचनामा गएकाले प्रदेश र स्थानीय सरकारले गर्ने काममा केही अन्योलता देखिएपनि त्यस्को समाधानका लागि मन्त्रिपरिषदमा निरन्तर छलफल भइरहेको उल्लेख गरे ।

पाँच बर्षका लागि आएको स्थायी सरकारबाट जनताले केही बढी अपेक्षा राखेकाले पहिलो बर्षमा नै केही अन्योलताले निराश हुने स्थिति आए जस्तो देखिए पनि नआत्तिन कार्यकर्ता तथा नागरिकलाई आग्रह गरे । अहिले केन्द्रमा पार्टी एकता भइसकेको र तल्लो तहमा पनि एकता छिट्टै हुने उनको भनाई थियो । सरकारले शुरुवातमा राम्रो काम गर्न नसकेको उनको स्वीकारोक्ति थियो । तर अहिलेको सरकारले राम्रा कामको जग बसाल्दै गरेको भन्दै प्रधानमन्त्रीले भने जस्तै तीन वर्षमा वाह भन्ने काम गरेर देखाउने उनको दावी थियो । ‘पहिलो वर्षमा राम्रो काम भएन भनेर नआत्तिनुस्, कार्ययोजना बनाउनुस् र दोस्रो वर्षमा कार्यान्यनमा ल्याउनुस्, तेस्रो वर्षमा वाह वाह भन्ने गरी काम गर्नुस् भन्ने प्रधानमन्त्रीको निर्देशन छ, उनले भने । कृषि क्षेत्रको विकास लागि आफूले केही राम्रा योजना तथा कार्यक्रमहरु सुरु गरेको उनले बताए ।

विगतमा कांग्रेस नेतृत्वको सरकारले झन्डै ८ खर्ब रुपैयाँ स्रोत सुनिश्चितता गरी दायित्व तिर्नुपर्ने भार थपेकाले अहिलेको सरकारले ऋण तिरिरहेको उनको भनाई थियो । मन्त्री खनालले पहिले अस्थिर सरकारलाई जस्तो आलोचना गर्ने अवस्था अहिले नरहेको भन्दै अधिकतम उत्पादनमा जोड दिन आग्रह गरे । पूर्व कृषि मन्त्री हरिबोल गजुरेलले आपूmले किसानका पक्षमा केही राम्रा कार्यक्रम ल्याएपनि त्यस्को कार्यान्वयन हुन नसकेको बताए । उनले किसान पेन्सन, प्रधानमन्त्री आधुनिकीकरण लगायतका कार्यक्रमहरु आफुले अघि सारेको बताए । उनले अहिलेको स्थायी सरकारले पनि किसानमूखी कार्यक्रम ल्याएकाले त्यस्को कार्यान्वयनमा जोड दिनुपर्ने बताए । गजुरेलले कृषि, पर्यटन र उर्जाका माध्यमबाट देशको आर्थिक समृद्धि र विकास सम्भव रहेको बताए । सो कार्यक्रममा कार्यकर्ताहरुले पनि जिल्लामा देखिएको समस्या, सम्भावना र सरकारले केही क्षेत्रमा सहयोग गर्नुपर्ने बारेमा सुझाव राखेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु