प्रदेश २ मा राष्ट्रिय अपाङ्ग महासंघको साधारणसभा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १८ आश्विन २०७५, बिहीबार ०८:१६

जनकपुर, १७ असोज । माननीय गृह राज्यमन्त्री सरोज सिंह कुश्वाहको उपस्थितिमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्रदेश न.२ को प्रथम साधारणसभा सम्पन्न भएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विधान अनुसार देश भरीको सातौं प्रदेशमा प्रदेश अधिवेशन गर्नुपरेकोल प्रदेश न.२ गठन लागेको छ । अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार र विभिन्न ठाउँमा वार्षिक रहेको संघ संस्था एउटा साझा सङ्गठन रहेको राष्ट्रिय अपाङ्ग महासंघले विगत २५ वर्षदेखि अपाङ्ग क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ र संघीय केन्द्रीय कार्यलय अनुसार यस प्रदेश न.२ मा जनकपुरमा होटल मानकीमा अधिवेशन सम्पन्न भएको छ ।

प्रदेश न.२ की माननीय सभासद शोभा लामा, जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव यादव, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्यालयका वरिष्ठ कार्यवाहक अध्यक्ष देवीबहादुर पोखरेल, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका उपाध्यक्ष टीका दाहाल, महासचिव राजु बस्नेत, केन्द्रीय सदस्य सतिषचन्द्र झा र प्रदेश न.१ को अध्यक्ष रामबहादुर कार्की तथा प्रदेश न. ३ को अध्यक्ष गंगा वाग्ले लगायतका उपस्थिति थियो ।

अधिवेशनबाट राजेश साह अध्यक्षमा विजयी भएका छन् ।

-राजेश साह

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु