टाइगर र दिशाको ब्रेकअप

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १८ आश्विन २०७५, बिहीबार ०९:२१

मुम्बई। बलिवुड अभिनेता टाइगर सराफ र अभिनेत्री दिशा पटानीबीच ब्रेक अप भएको मिडिया रिपोर्ट आएको छ।  बलिवुड कभर गर्ने बलिवुड लाइफ डट कमका अनुसार टाइगर र दिशाको हालै ब्रेकअप भएको रिपोर्ट प्रकाशित गरेको छ। हाल स्टुडेन्ट अफ द इयर–२ मा व्यस्त रहेका टाइगर र दिशाबीच पछिल्लो समय निकै झगडा हुने गरेको बताइएको छ।  दुवैको ब्रेकअप हुनुमा स्टुडेन्ट अफ द इयर–२ की अभिनेत्री तारा सुतेरिया जिम्मेवार रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।

टाइगर र दिशाले आफ्नो सम्बन्ध मिडियामा कहिल्लै स्वीकार नगरेपनि उनीहरु धेरै जसो समय सँगै हुने गर्दथे। फिल्म बागी–२ मा सँगै काम गरेको यो जोडीलाई पर्दामा दर्शकले पनि अत्याधिक मन पराएको थियो। बागी–२ बक्सअफिसमा सुपरहिट भएको थियो। स्टुडेन्ट अफ द इयर–२ फेम तारा र टाइगरबीच अहिले नजदिकी बढेपछि दिशाले टाइगरलाई छोडेको बताइएको छ।  टाइगर र ताराको नजदिकी बारे पछिल्लो केहि समयदेखि अफयेर्सको समाचार आइरहेको थियो। स्टुडेन्ट अफ द इयर–२ मा टाइगर ताराका अलावा चंकी पाण्डेकी छोरी अनन्या पाण्डेले पनि अभिनय गरेकी छन्।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु