मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

ओलीविरुद्ध म षडयन्त्र गर्दिन–दाहाल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १८ गते, बिहीबार ०९:३१

काठमाडौं : श्रीमतीको उपचारका लागि सिंगापुर गएर नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल स्वदेश फर्किसकेका छन् । उनी सिंगापुर जानु अघिल्लो दिन असोज ९ गते उनले आफ्नो जीवनमा दुई वटा कुराको ठूलो पश्चाताप रहेको बह पोखेका थिए । विभिन्न संचारमाध्यमका सम्पादकहरुसँग उनी यति खुलेर कुरा गरेकी उनले सजिलै आफ्नो मनको बह पोखेका थिए ।

‘मैले जीवनमा दुईवटा ठूला गल्ती गरे’ मनको बह पोख्दै उनले भने ‘जसबाट मलाई पश्चाताप पनि भइरहेको छ ।’ यही दुई वटा गल्तीको कारण उनले अब विगतमा जस्तो पश्चाताप हुने गरी भूल नगर्ने र ओलीविरुद्ध षडयन्त्र गर्ने पक्षमा नरहेको पनि बताए । उनले भने ‘केपी ओलीविरुद्ध म षडयन्त्र गर्दिन ।’

दाहालले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु र १२ बुँदे सम्झौताका सहयोगीहरुलाई विच्क्याउनुु नै आफ्नो दुई ठूलो भुल भएको बताएका थिए ।
त्यतिबेला कांग्रेस सभापति कोइराला राष्ट्रप्रमुखको समेत जिम्मेवारी लिएर प्रधानमन्त्री पदमा थिए । कोइरालालाई राष्ट्रपति बनाउने अनौपचारिक सहमति भएको थियो । तर, अन्तिममा दाहालले खेल खेलेर माधव नेपाललाई राष्ट्रपति बनाउनतिर लागे । त्यो पनि नगरेर दाहाल राष्ट्रपतिको निर्वाचन गराउने खेलमा लागे । त्यसले गर्दा कोइराला र दाहालको सम्बन्ध सुमधुर बनेन पछिल्ला दिनमा ।

‘कोइरालालाई राष्ट्रपति बनाएको भए माओवादी अनुकूल संविधान जारी हुने थियो र माओवादी पार्टी अहिलेको अवस्थामा पनि आउने थिएन’ उनले भने ‘यो घटनाबाट आफुलाई पश्चाताप भइरहेको छ ।’ दाहालले दोस्रो पश्चातापको रुपमा घुमाउरो भाषामा भारतलाई विच्क्याउनु वा गाली गर्न नहुने पनि त्यही बेला बताए । ‘१२ बुँदेसम्झौताको सहयोगी फोर्स मध्ये भारत पनि हो । भारतसँग दुश्मनी नै लिने गरी आन्दोलन गरेका थियौं’ उनले भने ‘त्यो आन्दोलन पनि गलत थियो ।’ सम्पादकहरुको भेटमा दाहालले यस्ता कमजोरी अब दोहोरिन नदिने प्रतिबद्धता पनि गरेका थिए ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु