डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

ममाथि लागेको बलात्कारको प्रयासको आरोपमा कुनै सत्यता छैन, प्रमाणित भए जस्तोसुकै कारवाही भोग्न तयार छु : अमृत कार्की (भिडियोसहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १८, बिहीबार ११:२१

काठमाडौं, १८ असोज । अमृता फाउण्डेशन नेपालका सचिव अमृत कार्कीले आफूमाथि संस्थामा आवद्ध भोल्युनटिएर आँचल श्रेष्ठले यौन दुव्र्यवहार गरेको भनेर लगाएको आरोपमा कुनै सत्यता नरहेको भन्दै खण्डन गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा उक्त संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कार्कीले आफूमाथि नियोजित षड्यन्त्र रचेर यस्तो आरोप लगाईएको स्पष्ट पारे । उनले भने,‘हाम्रो संस्थामा पहिले कार्यरत मनोविद रमा कार्की हुनुहुन्थ्यो, तर उहाँले संस्था छोडिसकेपछि षड्यन्त्रपूर्वक कसैलाई प्रयोग गरेर संस्थाको अस्मितामाथि प्रहार गर्न र मेरो व्यक्तिगत चरित्र हत्या गर्न आँचललाई प्रयोग गरेर यस्तो आरोप लगाउनुभएको हो । यसमा कुनै सत्यता छैन् ।’

रमा कार्कीले आफूहरुको संस्था गत जुन १५ मा नै छोडेको उनले स्पष्ट पारे । उनले भने,‘उहाँले हाम्रो संस्थाको कोषाध्यक्ष पद माँग्नुभएको थियो । तर, हाम्रो कार्यसमितिले उहाँलाई कोषाध्यक्ष नबनाउने निर्णय गरेपछि उहाँले अनेक जालझेल र प्रपञ्च रचेर संस्थाको विरुद्धमा यस्तो गतिविधि गर्नुभएको हो ।’

उनले रमा कार्कीले संस्थाको बजेट आफ्नो कब्जामा लिनसमेत प्रयास गरेको र नसकेपछि संस्थालाई नै बदनाम गराउन यस्तो हर्कत गरेको उल्टै आरोप लगाए । उनले आफूमाथि बलात्कारको प्रयास गरेको भनेर लागेको आरोप प्रमाणित भए जुनसुकै कानुनी कारबाही भोग्न पनि तयार रहेको सुनाए ।

कार्यक्रममा संस्थाका अध्यक्ष सोहन प्रधानाङ्गले व्यक्तिगत विवादलाई अमृता फाउण्डेशनजस्तो कडा खालका मानसिक रोगी तथा घरमा सम्हाल्न नसक्ने विरामीहरुको सेवा दिईरहेको संस्थालाई यसरी बाहिर ल्याउन नहुने धारणा राखे । उनले भने,‘हाम्रो संस्थालाई नकारात्मक प्रभाव परेमा संस्थामा सेवा लिईरहेका विरामीहरुको जिम्मा कसले लिन्छ ? उनीहरुको भविष्य के हुन्छ ? यसतर्फपनि सबैको ध्यान जाओस् भन्ने मेरो आग्रह गर्छ ।’

कार्यक्रममा संस्थाका सदस्य शंकर फुयालले व्यक्तिगत विवादको विषयले संस्थामा आवद्ध विरामी तथा अन्य सेवाग्राहीहरुलाई नकारात्मक असर पर्न नहुने धारणा राखे । उनले भने,‘संस्थामा आवद्ध सचिव अमृतजीमाथि लागेको बलात्कारको प्रयासको आरोप प्रमाणित भए उहाँ कारबाहीको भागिदार हुनुपर्छ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु