व्यापारलाई ग्रामिण अर्थतन्त्रसंग जोडौंः मुख्य मन्त्री पोखरेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १९ आश्विन २०७५, शुक्रबार ११:२०

उद्योग व्यापार संघ बुटवल रूपन्देहीको आयोजना तथा जिल्ला समन्वय समिति रूपन्देही र बुटवल उपमहानगरपालिकाको प्रवद्र्धनमा बुटवलमा तेस्रो औद्योगिक प्रदर्शनी तथा व्यापार मेला सुरु भएको छ । यहि असोज २८ गते सम्म सञ्चालन हुने मेलाको शुक्रबार प्रदेश ५ का मुख्य मन्त्री संकर पोखरेलले उद्घाटन गरे । मेला उद्घाटन कार्यक्रममा बोल्दै मुख्य मन्त्री पोखरेलले व्यापार व्यवसायलाई ग्रामिण अर्थतन्त्रसंग नजोडे सम्म नेपाली अर्थतन्त्रको दिगो विकास नुहने बताएका छन् । उनले अहिले सजिलो व्यापारको रुपमा सिमा पारीबाट विभिन्न बस्तु आयात गरी सहरमा नै विक्रि गर्ने परिपाटी विद्यमान रहेको भन्दै उनले ग्रामिण क्षेत्रका जनातहरुको आर्थिक स्थर माथि उठ्ने गरी व्यापार व्यवसायलाई अबलम्बन गर्न सकेमा साच्चै नै आर्थिक विकासमा दिगो पना हासिल हुने बताएका हुन ।

आयातित बस्तु विक्री वितरण गरी आर्थिक समृद्धिको कुरा गर्नु भनेको ‘थोत्रो आर्दश’ को संज्ञा दिदै मुख्य मन्त्री पोखरेलले जव सम्म ग्रामिण अर्थतन्त्रसंग नेपाली अर्थतन्त्र जोड्न सकिदैन तव सम्म विकासको आशा गर्नु बेकार भएको बताए ।
उनले अहिले छिमिकी उद्योगीहरुलाई पोष्ने काम गरिएको भन्दै यसलाई अन्त्य गर्नु आवश्यक रहेको बताएका थिए ।कमाईको ठुलो हिस्सा बाहिर जाने गरेको बताउदै उनले बाहिर जादै नजाने भन्द पनि मात्रालाई कम गर्नु आवश्यक रहेको तर्क अगाडी सारे । जनताको स्तर माथि उठाने खालमा ठुलो हिस्सा लगानी गर्नृ आवश्यक रहेका उनको भनाई थियो ।
आर्थिक अपराध जम्माउने तर्फ उद्योगी व्यवसायीहरु उद्धत हुन नहुने भन्दै मुख्य मन्त्री पोखरेलले विलासितको क्षेत्रमा भन्दा उद्यमशिल, रोजगारी सृजना हुने क्षेत्रमा नीजि क्षेत्रले लगानी गर्नुपर्ने बाताएका थिए । ‘ठुल ठुला घरहरु बनाउनु भन्दा पनि घर बनाउने रकम लाई उद्यमशिलता विकास गर्न तर्फ लाग्नुहोस्’–मुख्य मन्त्री पोखरेलले भने ।

आवास नीतिलाई अनुसरण गरी आवाशिय क्षेत्र र व्यापारिक क्षेत्रलाई छुट्टाएर व्यापार विजेनेश गर्नुका विकल्प नभउको उनको तर्क थियो । उद्योगी व्यवसायलाई राजनीति संग जोड्न नहुने भन्दै देशमा युवा लाई रोजगारी सृजना गर्ने वातावरण निर्माण गर्नुको विकल्प नभएको बताए ।बुटवल बाणिज्य, व्यापार क्षेत्रको महत्पूर्ण संभावना बोकेको स्थान भएको भन्दै उनले व्यवसायीक स्थान, आवाशिय स्थानको बर्गीकरण गरी कार्य अगाडी बढाउनुको विकल्प नभएको बताए ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय अध्यक्ष श्याम बहादुर पाठकले युवाहरुलाई देश बाट पालयन हुन बाट रोक्न सकेमा मात्रै देश समृद्धि हुने धारणा राखे । उनले अस्थायी संरचनामा लाखौ रुपैयाँ खर्च गरिएको भन्दै स्थायी सम्मेलन केन्द्र निर्माणकोलागि सरकारको ध्यानकर्षण गराए ।‘स्वाधिन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण’ भन्ने मुख्य नाराकासाथ आयोजना गरिएको मेलामा २० करोड भन्दाको बढि कारोबार हुने मुल आयोजक समितिका संयोजक तथा बुटवल उद्योग व्यापार संघका अध्यक्ष प्रविण बहादुर पाठकले जानकारी दिए ।

कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर हामल, नेपाली कागे्रस नगर सभापती खेलराज पाण्डे, बुटवल उपमानगरपालिका वडा नम्बर १० का अध्यक्ष तथा नगरकार्यपालिका सदस्य पदम थापा, नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दिनेश पाण्डे, संगठनका केन्द्रीय सदस्य खेम नारायण पराजुली, वुटवल उपाध्यक्ष गोविन्द गैरे, नेत्र रुचाल लगायतले बालेका थिए ।औद्योगिक उत्पादन, कृषि उत्पादन, अटोमोवाईल्स, गार्मेट, खाद्यान्न, फूटवेयर लगायतका विभिन्न प्याभिलियन बनाइएको छ भने दशैं सस्तो बजारको लागि छुट्टै प्याभिलियन बनाइएको छ ।
प्रदर्शनी स्थलमा ४ सय १५ भन्दा बढि स्टल रहेको प्रदर्शनीका संरक्षक खिम नारायण पराजुलीले बताए ।

प्रदर्शनीको मुख्य आकर्षण नौ तले धरहराको सर्वसाधारणको लागि खुल्ला गरिएको मेलाका अर्का संरक्षक तथा निवर्तमान अध्यक्ष खेम श्रीसले बताए । करिब २२ लाख रूपैयाँ खर्च गरे भूकम्पले ध्वस्त भएको धरहराको प्रतिरूप प्रदर्शनी स्थलमा निर्माण गरिएको छ । प्रदर्शनीलाई सांस्कृतिक मय बनाउन स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने सांस्कृतिक संयोजक एवं संघका उपाध्यक्ष सिताराम रसाईलीले जानकारी दिए । राष्ट्रिय कलाकारहरू वद्री पगेनी, शिव परियार, सनुप पौडेल, एन्जीला रेगमी सुजता पाण्डे लगायतको बेजोड प्रस्तुती रहने उनले बताए । त्यसैगरी प्रदर्शनीमा फेशन शो, बिट कन्टेक्स, खुल्ला डान्स प्रतियोगिता हुनेछ ।-butwaltoday

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु