प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

भारतलाई हराउँदै नेपाल फाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १९, शुक्रबार १३:३२

काठमाडौं,साफ यू-१८ महिला च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा ३-१ ले भारतको चुनौती पन्छाउँदै नेपाल उपाधि नजिक पुगेको हो । भुटानको थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा नेपालले उपाधिको दावेदार मानिएको भारतलाई निर्धारित समयमा १-१ को बराबरीमा रोक्दै ट्राइब्रेकरमा ३-१ ले पन्छाएको हो । निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि दुबै पक्षबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट गराइएको थियो । रश्मी कुमारी घिसिङले गोल गर्दै नेपाललाई सुरूवाती अग्रता दिलाएकी थिइन्। रेखा पौडेलको थ्रु पासलाई सदुपयोग गर्दै उनले पेनाल्टी क्षेत्रभित्रबाट सहजै गोल गरेकी थिइन्। पहिलो हाफमा १-० को अग्रता लिएको नेपालले दोस्रो हाफमा गोल खान पुग्यो ।
दोस्रो हाफको ६२ औं मिनेटमा भारतले गोल फर्कायो। भारतकी कप्तान समिक्षाले बायाँ विङ्गसबाट आएको फ्रिकिकमा ६ यार्ड बक्सभित्रबाट हेडरमार्फत सहज गोल गरेकी थिइन् । यसपछि दुबै टोलीले पाएका राम्रा अवसर खेर फालेका थिए । निर्धारित समय १-१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट गराइएको थियो। पेनाल्टीमा नेपालका लागि अन्जना रानामगरले दुई प्रहार बचाइन् भने भारतको एक प्रहार क्रसबारमा लागेको थियो ।
नेपाली पूजा रानाको प्रहार बाहिरिएको थियो। नेपालका लागि गोलरक्षक अन्जना, रेखा पौडेल र मनिषा राउतले गोल गरेका थिए । नेपाल समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो। भारतले समूह चरणमा दुवै खेल जित्दै समूह ‘ए’ को विजेता भएको थियो। नेपालले समूह चरणको खेलमा पाकिस्तानलाई १२-० ले पराजित गर्दा बंगलादेशसँग भने २-१ ले पराजित भएको थियो ।

श्राेतः Janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु