दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विमानस्थल शुल्क तिर्दैनन् वायुसेवा कम्पनी, कसले कति तिर्न बाँकी छ ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १९ गते, शुक्रबार १९:२५

 

काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४० वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय र दुई सयले आन्तरिक उडान भर्दै आएका छन् । जसमध्ये २८ ले सेवा लिएबापतको शुल्क बुझाउन अटेरी गर्दै आएका छन् । आन्तरिक उडान भर्ने कम्पनीको वक्यौता पनि धेरै नै छ । अन्तराष्ट्रिय उडानतर्फ बक्यौता नतिर्नेमा सबैभन्दा बढि नेपाल एयरलाइन्स, एयर एसिया, हिमालय एयरलाइन्स र एयर इन्डिया छन् ।

वायुसेवा कम्पनीले विमानस्थल विकास, ल्यान्डिङ र पार्किङ, हवाई परिवहन सञ्चालन उपकरणको प्रयोग, सुरक्षासहितका लागि विमानस्थललाई शुल्क बुझाउनुपर्छ । तर, विभिन्न वायुसेवा कम्पनीले सेवा शुल्क वापत विमानस्थललाई ६८ करोड ९२ लाख ५८ हजार ३ सय ३९ रुपैयाँ तिरेका छैनन् । विमानस्थलले पार्किङ गरेका जहाजसँग जहाजको तौलका आधारमा प्रत्येक घण्टाको रकम लिने गर्दछ । यस्तै, वायुसेवा निगमले जहाजसँग यात्रु सुरक्षा सेवा भन्दै प्रति यात्रु एक हजार एक सय ३० र विमानस्थल विकास शुल्क वापत एक हजार लिदैं आएको छ ।

कसले कति पैसा तिर्न बाँकी छ

– नेपाल एयरलाइन्स : २४ करोड ४७ लाख
– एयर एसिया : १५ करोड १३ लाख
– हिमालय एयरलाइन्स : ९ करोड १६ लाख
– एयर इन्डिया : ४ करोड ८७ लाख
– मलेसियन एयरलाइन्स : ४ करोड
– चाइना इस्टर्न एयरलाइन्स : १० करोड
– सिचुवान एयरलाइन्स : २ करोड
–जेट एयरलाइन्स : १० करोड

विमानस्थल प्रशासनका अनुसार अन्तर्राष्ट्रिय र आन्तरिक उडान भर्ने ७० कम्पनीसँग रकम असुल्न बाँकी छ । यसअघिको नेतृत्वले वास्ता नगरेका कारण विमानस्थलले उठाउनु पर्ने सेवा शुल्कबापतको रकममा बृद्धि भएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार पछिल्लो समय अन्तराष्ट्रिय उडान भर्ने वायु सेवा कम्पनीहरुलाई ताकेता गरेपछि कछ्वा गतिमा रकम उठ्न थालेको छ ।

आन्तरिक उडान भर्ने कम्पनीतर्फ सौर्य एयरलाइन्स र सिम्रिक एयरलाइन्सको बक्यौता रकम सबैभन्दा धेरै छ । अन्य निजी हवाई सेवाप्रदायक कम्पनीहरूको पनि करोडभन्दा बढी रकम बक्यौता रहेको र असुलीका लागि ताकेता भइरहेको महाप्रबन्धक क्षेत्रीको भनाई छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु