निर्मलाको हत्यारा पक्रेर कारबाही गरे आईजीपीलाई रथमा राखेर चक्रपथ परिक्रमा गराउँछौं : अध्यक्ष तामाङ्

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १९ आश्विन २०७५, शुक्रबार १३:४६

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले आफूहरुले विल्कुलै निर्मलाको न्यायको निम्ति हिजो गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको स्पष्ट पारे । उनले जघन्य अपराधमा संलग्न जो कोहीलाई कडाभन्दा कडा कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।
उनले भने,‘निर्मलाको न्यायको निम्ति हिजो हामीले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौं । घट्ना संलग्न अपराधीहरुलाई पक्राउन गर्न नसकेको अवस्था छ, अहिले पीडित परिवारलाई न्याय दिलाउनु राज्यको सर्वथा दायित्व हो । देश र जनताको मुख्य चासो छ ।’

अहिलेसम्म प्रहरीले अपराधीलाई फेला पार्न नसकेको सुनाउँदै तामाङले भने,‘निर्मला बलात्कार हत्या काण्ड आज, एउटा यस्तो विकराल भयो । यो हत्याकाण्ड नै होईन की जस्तो, बलात्कार नै भएन की जस्तो, यस्तो प्रकारको एउटा अन्यौलपूर्ण अवस्था पैदा भयो । यसको जवाफ कसले दिने ? प्रहरी प्रवक्ताले नै हिजो स्विकार गर्नुभएको छ, प्रहरीहरुलई नै कारवाही गरिएको छ। निलम्बन गरिएको छ । त्यसको नैतिक जिम्मेवारी कसले लिने भनेर हामीले प्रश्न उठाएको हो । प्रहरी संरचनाको कुरा गर्दा प्रमुखको नै नैतिक जिम्मेवारी हुन्छ । हामीले कसैको व्यक्तिगत आधारमा, कसैको नियतमाथि व्यक्तिगत आक्षेप लगाउन खोजिएको होईन । हामीमाथिपनि आज प्रश्न उठाईएको छ । हामी कहिल्यैपनि हामीसँग जोडिएका अपराधीहरुलाई छुटाउन गएका छौं भने हामी सार्वजनिक पदबाट राजिनामा दिन तयार छौं ।’
आफूहरुले विल्कुल रुपमा निर्मलाको न्यायको निम्तिमात्रै यो कुरा उठाएको उनले सुनाए । त्यस्तै तामाङले बजारमा देखिएका सबैखाले एकाधिकार, मुल्यवृद्धिलाई नियन्त्रण गर्नुपर्ने पनि धारणा राखे । उनले भने,‘हामी सरोकारवालाहरुसँग परामर्श नै नगरीकन १० प्रतिशत भाडा वृद्धि गर्यो । हामीसँग भएको सहमति अनुसार लामो तथा छोटो दुरीमा ४५ प्रतिशत भाडा छुट हुनुपर्छ ।’

आफूहरुले प्रहरी प्रशासनको मनोबल गिराउनको लागि आईजीपीको राजिनामा माग नगरेको समेत उनले स्पष्ट पारे । उनले भने,‘अपराधीलाई कारबाही गरेर देखाए हामी आईजीपीलाई रथमा हालेर पूरै चक्रपथ परिक्रमा गराउन आँतुर छौं । आज राजिनामाको माग गर्यौं, बर्खास्तीको माग गर्यौं । भोलि हामी नै ५० किलोको माला लगेर हाम्रो आईजीपी र प्रहरीको प्रमुखलाई लगाईदिन्छौं । प्रहरी प्रशासनको शीर हिजो भएको धरहाराभन्दा उच्च होस भनेर प्रहरी प्रशासनको प्रशंसा गर्छौैं । हाम्रो रहर भनेको प्रहरीलाई रथयात्रा गराउने छ ।’
आफूहरुले कुनै आग्रह वा पूर्वाग्राह राखेर प्रहरी प्रमुखको राजिनामा नमाँगेको समेत तामाङले स्पष्ट पारे । उनले भने,ङले स्पष्ट पारे । उनले भने,‘निर्मलाको न्यायको निम्ति हामीले हाम्रो दायित्व निर्वाह गरेका छौं । प्रहरी प्रशासनले आफ्नो दाियत्वबाट विमुख भएर होईन, अझ धेरै जिम्मेवारी भएर प्रहरी अपराधी पक्राउ गर्न लागिपर्नुपर्छ ।’ समाजमा घट्ने अपराधहरु न्यूनिकरण गर्न आफूहरु भोल्युनटियर गर्न तयार रहेको उनले विश्वास दिलाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु