रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

फेरि आकाशियो डलर, बढ्यो बजार भाउ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १९, शुक्रबार १४:०२

काठमाडौं । अमेरिकी डलरको भाउ केही समय यता निरन्तर बढिरहेको छ ।  डलरको मूल्य शुक्रबार १ सय १८ रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलरको खरिद मूल्य १ सय १७ रुपैयाँ ४३ पैसा र बिक्री दर १ सय १८ रुपैयाँ ३ पैसा तोकेको छ ।

विदेशी मुद्रा सटही कारोबार गर्नेहरुले त्यो भन्दा केही रुपैयाँ बढी लिने गरेका छन् । डलरको भाउ बुधबार १ सय १६ रुपैयाँ ९६ पैसा थियो, एकदिनमै ३ रुपैयाँ बढेको हो । पछिल्लो ६ महिनामा डलरको मूल्य १८ रुपैयाँ वृद्धि भएको छ ।

नेपालमा डलरको भाउ भारतीय रुपैयाँ आधारित हुने गरेको छ । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ समेत कमजोर हुँदै गएको कारण डलरको भाउ बढेको अर्थविद्हरु बताउँछन् । भारतमा डलरको मूल्य बढ्दा त्यसको असर नेपालमा पनि परेको हो ।

नेपाल हरेक वस्तु आयात निर्भर छ । व्यापार व्यवसायमा भारतप्रति आश्रित छ । तेस्रो मुलुकको सामान समेत भारत भएर आउँछ । आयातित वस्तुको मूल्य डलरको भाउबाट प्रभावित हुन्छ । डलरको मूल्य निरन्तर बढिरहँदा आयातित सामानको मूल्य स्वत बढ्छ ।

दशै र तिहार बजारमा सामान अत्याधिक किनबेच हुने सिजन हो । यो बेला डलरको भाउ बढ्दा उपभोक्ता आयातित सामान महंगोमा किन्न बाध्य भएका छन् ।

श्राेतः janasawa.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु