तारकेश्वरमा लैङ्गिक हिंसा नियन्त्रणका लागि बृहत जनचेतनामूलक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २१ गते, आईतवार ०२:१४

खेमराज गिरी

लैङ्गिक हिंसा नियन्त्रणका लागि बृहत जनचेतनामूलक ¥याली सम्पन्न भएको छ । महानगरीय प्रहरी वृत्त बालाजु र लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समन्वय समितीको संयूक्त आयोजनामा सञ्चालित सो ¥याली बालाजुको् अष्ठनारायण हलबाट सुरु भई तारकेश्वर नगरपालिका वडा नं ११ अन्र्तगतको एवी पार्टी प्यालेसमा एक औपचारकि कार्यक्रमका साथ सम्पन्न भएको हो ।
हिंसा रहित समाजको लागि महिला पुरुषको समान सहभागीता र हामी सबैको आवाज हिंसामूक्त समाज भन्ने नाराका साथ सो बृहत जनचेतनामूलक ¥याली आयोजना गरिएको हो ।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै आयोजक संस्थाका उपाध्यक्ष एवं तारकेश्वर–१० का वडा अध्यक्ष अमृत थापाले सो कार्यक्रमको उद्येश्यवारे प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रममा वोल्दै थपाले भने, समाजमा लैंगिक हिंसा हुनुको प्रमुख कारण नै पारिवारिक विखण्डन, जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न नसक्नु, जतिपनि यस्ता घटनाहरु भएका छन् ती जानी या नजानी जनचेतनाको अभावले सिर्जित भएका छन्, जसले गर्दा पिडक र पिडीतले जिन्दगीभरी न्याय पाउन गाह्रो परिरहेको छ भन्ने बताए ।

कार्यक्रममा तारकेश्वर–११ का वडा अध्यक्ष वृन्दा बुढाथोकीले विदेशी फेसनमा रुमलिएका हाम्रा युवाहरुको जमातको कारणले पनि लैङ्गिक हिंसाका घटनाहरु सिर्जना हुर्दै आएको र यसको लागि हामीले प्रहरी प्रशासनसँग समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्छ भन्ने कुरा बताए ।
यस्तै अर्का वक्ता तारकेश्वर–३ का वडा अध्यक्ष मनोहरी तिवारीले लैङ्गिक हिंसा हुनुको प्रमूख कारण पारिवारिक कारण हो भन्ने बताए । उनले थप्दै भने पहिला हामीले घर परिवार सुधार्नु पर्दछ र यसको समाधानको लागि सम्पूर्ण जनप्रतिनिधिहरु, प्रहरी लगाएत नागरिक समाजको उत्तिकै भूमिका रहने कुरा अवगत गराए ।

कार्यक्रममा बोल्दै प्रहरी नायव उपरिक्षक एवं महानगरीय प्हरी वृत्त बालाजुका प्रमुख चिरञ्जीवी कोइरालाले आजको यो समाजमा लैङ्गिक हिंसाकाको विषय ज्यादै गम्भिर वनेर आएको छ बताए । उनले भने जनताको शान्ति सुरक्षाको जिम्मेवारी प्रहरीको हो ता पनि नागरिकको सहयोग विना हामी आपैmले केहि गर्न सकिदैन, लैंगिक हिंसा अन्त्य गर्नको लागि सर्वप्रथमतः हिंसामुक्त घरपरिवार, हिंसामुक्त हुन आवश्यक छ, हामीले हिंसा घरबाटैमुक्त गर्न जरुरी छ । घर, टोल, समाज हुदै सम्र राष्ट्रलाई हिंसा रहित बनाउँने अभियानमा हामी सबै क्षेत्रा र निकायका व्यक्तिहरुले आ–आफनो स्थानबाट आवश्यक पहलन गर्नुपर्ने कोईरालाले बताए ।

जुन परिवारमा बाउ आमा दाजु भाई जाँड रक्सी सेवन गर्छन त्यसको सिको अन्य पिढीमा पनि सरेको हुन्छ र सारा परिवारमा जाँड र रक्सीको तालमा अनेक नकारात्मक निर्णयहरु हुनसक्छन् अनि त्यहिँ नै लैंगिक हिँसाको जन्म हुन्छ, अनि टोल टोल, भटटीमा जाँड रक्सी खाई अनाहकमा युवा युवतीहरुको जमात कुर्लिइराखेको हुन्छ अनि परिवारलाई पनि तनाव टोल छिमेकालाई पनि उत्तिकै तनावको स्थिति सिर्जना भएर हाम्रो समाज नै विकृतिको पर्खालमा परिराखेको हुन्छ र यसको लागि सर्वप्रथम घर परिवारमा मिलेर सवै काम गर्नुपर्यो, सगै वसेर खाना खाने, सरसल्लाह गर्ने भावी योजनाहरु तय गर्ने एक आपसमा अन्र्तक्रिया गर्यो भने सदभाव पैदा हुन्छ अनि यहि सद्भाव र मायाँले पारिवारिक विखन्डन हुँदैन र टोल छिमेकमा पनि सकारात्मक असर पर्दछ र समाज राम्रो हुने कुरा व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा यस तारकेश्वर न.पा.अन्तर्गत हिँसामुक्त नमूना परिवार भनेर तीन परिवारलाई पुरस्कृत पनि गरियो र उहाँहरु लगाएत परिवारजनले पनि यस विषयमा खुलेर यसको समस्या र निराकरणको उपायहरुवारे वताउनुभयो । कार्यक्रममा बोल्ने क्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरामणी सुवेदीले लैंगिक हिँसाको पहिलो जड नै घर परिवार हो भन्ने कताए । यो समस्या समाधानको लागि हामीले घरबाटै त्यसमा पनि आफैबाट सुरु गर्नुपर्ने सुवेदीले बताए ।

कार्यक्रमका प्रमूख अतिथी एवं प्रहरी उपरिक्षक गंगा पन्तले लैंगिक हिँसाको मुल जड बाटोमा हिँडदा लगाउने अहिलेको आधुनिक फेसन भन्दा पनि पारिवारिक बेमेल हो नै प्रमुख कारण हो भन्ने बताए ।
उनले भने, हरेक मानिसमा सचेतना हुनु नितान्त आवश्यक छ भन्दै हरेक परिवार, टोल सचेत भयो भनेसमस्या त्यसै समाधान भएर जान्छ र लैंगिक हिँसा सहनु पनि अर्को हिँसा हो किनकी जुन व्यक्तिले यस्तो किसिमको हिँसा सहन्छ त्यहाँ झन प्रतिहिँसाको जन्म हुन्छ यसको लागि प्रत्येक घर परिवार, टोल छिमेकमा हुदै आएका घटनाक्रमहरुलाई नागरिक समाज र प्रहरीलाई समयमा नै उपलब्ध गराउने हो भने यस्ता घटनाहरु आपैm न्युनीकरण भएर जाने कुरा लाई प्रहरी उपरीक्षक पन्तले जोड दिए ।

कार्यक्रमको अन्त्यमा सो कार्यक्रमका सभाध्यक्ष देविना कार्की रानाले लैंगिक हिँसा विरुद्धमा महिला पुुरुषको समान सहभागिताको जरुरत छ भन्ने बताईन । उनले थप्दै भनिन यस्ता हिंसा नियन्त्रणका कार्यक्रमलाई नगरपालिकाले विशेष रुपमा जोड दिन आवश्यक छ ।
लैङ्गिक हिंसा नियन्त्रणका लागि बृहत जनचेतनामूलक ¥यालीको औपचारीक कार्यक्रम महानगरीय प्रहरी वृत्त बालाजु अन्र्तगतको लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समन्वय मुल समितीका सचिव एवं पत्रकार नन्द बहादुर ऐडीले सञ्चालकको भूमिका निर्वाह गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु