डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

बाँकेमा सवारी दुर्घटना, ६ जनाको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २१, आईतवार ०२:१३

काठमाडाैं ।

सडक दुर्घटनामा परी बाँकेमा ६ जनाको मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिकामा शनिवार बिहान हाईस बस र ट्रक एकापसमा ठोक्किँदा चार जनाको घटनास्थलमा र दुई जनाको उपचारका लागि कोहलपुर ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी नायब निरीक्षक ओमप्रसाद पौडेलले बताए ।

दुर्घटनामा ९ जना घाईते भएका छन् । दाङबाट नेपालगञ्ज आउँदै गरेको रा १ ख १६६२ नम्बरको हाईस बस र कोहलपुरबाट पूर्व जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक बिहान करिब सवा ९ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती सोनारी गाउँपालिका ९ जिरो भन्ने स्थानमा मुगुवा खोला नजिक एकापसमा ठोक्किएका हुन् ।

घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको छ । विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु