प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

दुर्गा भगवतीको शक्ति र आशिर्वादले चाडै पार्टी एकता हुन्छ : कमल थापा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २१, आईतवार ०२:४०

काठमाडौं–राप्रपा अध्यक्ष कमल थापाले दुर्गा भगवतीको शक्ति र आशिर्वादले दशैको आसपास मै पार्टी एकता चाडै हुने खुलासा गरेका छन् ।  आज पार्टीको सम्पर्क समाज समन्वय बिभागद्वारा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले मुलुकलाई बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति आबश्यक भएकोले अब कहिल्यै नफुट्ने गरि पार्टी एकता हुने उनले स्पष्ट पारे । हिजोको फुटमा कस्को गल्ती कमजोरी भयो, किन पार्टी फुट्यो , भन्नेतर्फ समय बर्बाद गर्ने भन्दा पनि अब एकतालाई कसरी बलियो र दिगो पार्टी बनाउने भन्नेतर्फ सोच्नुपर्ने बिचार राखे ।

देशभरिका कार्यकर्ताहरुको मात्र चाहना र भावना नभई अन्य पार्टीकाले पनि पार्टी एकतालाई सकारात्मक रुपमा लिएको उनले टिप्पणी गरे ।“आज बिहान मात्रै एउटा कार्यक्रममा नेकपा र काङ्ग्रेसका नेताहरुलाई भेट्दा तपाईहरुको एकता कहाँ पुग्यो? मिल्दा राम्रो हुन्छ है भन्ने प्रतिक्रिया पाए“ थापाले भने । घटस्थापननाको दिन दिईदै आएको सार्बजनिक बिदा कटौती प्रती उनले आक्रोश पोखे । धर्म , सस्कृती र पहिचानलाई मेट्न खोज्ने षडयन्त्र धेरै दिन नटिक्ने उनको भनाई थियो । परम्परा र सस्कृतिको संरक्षण र सम्बर्द्धनमा निरन्तर कटिबद्ध भएर लाग्न कार्यकर्ताहरुलाई थापाले आग्रह गरे । कार्यक्रममा महामन्त्री भाष्कर भद्रा , वरिष्ठ नेता बालाराम घर्ती मगर लगायतले बोलेका थिए ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु