‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ मा टिम अभयाका श्रृजयले रिसाउँदै भने-‘मलाई केहि बोल्नै मन छैन्’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २१ गते, आईतवार १४:००

 

काठमाडौं,  २१ असोज । नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा टिभ अभयाका दुई प्रतिस्पर्धीबिच निकै कडा प्रतिस्पर्धा भएको छ । टिम अभयाका आश्रा कुँवर र श्रृजय थपलियाबिच निकै कडा टक्कर भएको थियो, जसमध्ये १ लाई छनौट गर्न उनलाई निकै कठिन भएको थियो ।

यी दुईबीचको प्रतिस्पर्धालाई उत्कृष्ट प्रतिस्पर्धा मान्दै निर्णायक अभयाले निकै भावुक मुद्रामा आश्श्रालाई छनौट गरेकि थिईन् । तर अर्का प्रतिस्पर्धी श्रृजयलाई भने निकै पछि टिम प्रमोदले ‘स्टील’ गरेका थिए । निकै सोच विचार पछि टिम प्रमोदले श्रृजयलाई आफ्नो टिममा स्थान दिएका थिए । उनलाई स्टील गरेपछि दर्शकबिचले पनि उनलाई स्वागत गरेका थिए ।

कार्यक्रममा टिम प्रमोदमा छनौट हुन सफल भएपनि उनले बोल्न नै मन नलागेको बताए । उनले औपचारिकरुपमा कुनै कुरा गर्न र प्रतिकृया दिन मानेनन् ।

‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ यो एपिसोडमा आश्रा, सुशिल, आनी अर्को चरणमा पुग्न सफल भएका छन् ।

त्यसैगरि टिम सनुपका सुनन्ध र दिपकबिच कसलाई अगाडि लाने भन्ने विषयमा निर्णय लिनका लागि पनि निकै कठिन भएको थियो । कोच सनुपले आफ्नो टिमका एडभाइजरसँगको सल्लाह सुनन्धलाई लिने निर्णय गरेका थिए ।

पछिल्ला दिनहरुमा ब्याटल राउण्डमा प्रतिस्पर्धीहरुबिच निकै प्रतिस्पर्धा देखिएको छ । जसले गर्दा हरेक प्रतियोगीहरुले उत्कृष्ट प्रस्तुती दिनुपर्ने अवस्था आएको छ ।

‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ ब्याटल राउण्डमा निर्णायक तथा कोचहरु दिप श्रेष्ठ, अभया सुब्बा, सनुप पौडेल र प्रमोद खरेलका टिमहरुका प्रतिस्पर्धीले एक आपसमा भिडन्त गरिरहेका छन् ।

‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ ब्याटल राउण्डमा छानिएका प्रतियोगीहरुमध्ये एक आपसमा ससक्तरुपमा एकै गीतमा गाएर भिडन्त गर्नुपर्नेछ ।

यो राउण्डमा हरेक प्रतियोगीहरुलाई कोच र कोचका सल्लाहकार टिमले प्रतियोगीहरुलाई प्रशिक्षण गरेर ब्याटल राउण्डमा तयार पारेका छन् ।

यस ब्याटल राउण्डमा चारै निर्णायकहरुको आफ्नो टिमका १२ जना प्रतियोगीहरुले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालमा अहिलेसम्मकै भव्य र रोमान्चक कार्यक्रमको रुपमा संचालन भईरहेको टिभिएस अपाचे दि भ्वाइस अफ नेपालले नेपाली गित संगितको क्षेत्रमा नयाँ आयाम कोर्न सफल हुने अपेक्षा गरिएको छ ।

टिभिएस अपाचे सिरिज आरटिआर दि भ्वाइस अफ नेपाललाई टिभिएस अपाचेले मुख्य प्रायोजन गरेको छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु