सन्दीप र करनको उत्कृष्ट प्रदर्शनपछि नेपालको थाइल्याण्डविरुद्ध १४० रनको शानदार जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २१ आश्विन २०७५, आईतवार १४:०५

काठमाडौँ:  मलेसियामा जारि आईसीसी टि–२० विश्वकप छनौट एसिया ९पूर्वी० प्रतियोगिता अन्तर्गत नेपालले तेस्रो खेलमा थाइल्याण्डलाई १४० रनले पराजित गरेको छ । नेपालले दिएको १७३ रन पछ्याएको थाइल्याण्डले ८.५ ओभरमा ९ विकेट गुमाएर १८ रन बनाउदा वर्षाले खेल रोकिएको थियो। खेल बर्षाले रोकिएपछि नेपाल डिएल मेथड अनुसार १४० रनले विजयी भएको हो ।

थाइल्याण्डको पारी ध्वस्त गर्ने क्रममा सन्दीप लामिछानेले ५ विकेट लिएका थिए। सन्दीपले ३ ओभरमा एक मेडनसहित ८ रन दिएर ५ विकेट लिएका थिए। सन्दीपले यस अघि म्यानमारविरुद्ध ४ र मलेसियाविरुद्ध ५ विकेट लिएका थिए। उनले अहिलेसम्म ३ खेलमा कुल १४ विकेट लिएका छन्।  त्यस्तै करन केसीले ३ विकेट लिए भने ललित राजबंशीले एक विकेट लिएका थिए। थाइल्याण्डका ५ खेलाडी शुन्य रनमा आउट भएका थिए।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै १७२ रन बनाएको थियो। नेपालका लागि करन केसीले सर्वाधिक ४० रन बनाएका थिए। करनले अन्तिम ओभरमा लगातार तीन छक्का हानेका थिए। करनले १४ बलमा ४ छक्का र २ चौकाको मद्धतले ४० रन बनाएका थिए। करनले अन्तिम ओभरमा २१ र सोमपालले ३ रन बनाएका थिए।

त्यस्तै शरद भेस्वाकरले ३४ रन, दिपेन्द्र सिंह ऐरीले ३० रन, अनिल कुमार शाहले २५ रन र बिनोद भण्डारीले १५ रन बनाएका थिए। मिडल अडरमा खेलेका नेपाली कप्तान पारस खड्का र उपकप्तान क्रमश ५ र ७ रनमा आउट भएपछि नेपालले ठुलो स्कोर गर्न असफल भएपनि करनको विष्फोटक पारीले नेपालले राम्रो लक्ष्य दिन सफल भएको छ। नेपालका लागि आरिफ सेखले ८ रन बनाएका थिए भने सोमपाल कामीले ४ रन बनाएका थिए।

थाइल्याण्डका बलर  पयुपुथ संगनार्डले ४ विकेट लिए भने विचनाथले २ विकेट लिएका थिए।  १४ बलमा ४० रन बनाएका र ३ विकेट लिएका करन केसी खेलको म्यान अफ द म्याच बनेका छन्। यस खेलमा नेपालबाट पारस खड्का , अनिल कुमार साह, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, बिनोद भण्डारी, आरिफ शेख, सोमपाल कामी, ललित राजबंशी, सन्दिप लामिछाने, करन केसी, शरद भेसावाकर खेलेका थिए।

प्रतियोगितामा लगातार ३ खेल जितेको नेपाल ६अंक सहित अंक तालिकाको शिर्ष स्थानमा रहेक छ भने सिंगापुर पनि ३  हासिल गर्दै ६ अंक हासिल गर्दै रनरेटका आधारमा दोस्रो स्थानमा रहेको छ ।  नेपालले प्रतियोगिताको आफ्नो पहिलो र दोश्रो खेलमा म्यानमार र मलेसियालाई समान ८ विकेटले पराजित गरेको थियो ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु