प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

रुम्जाटार विमानस्थलमा नियमित उडान हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २१, आईतवार १४:३१

ओखलढुङ्गाः ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा मङ्गलबारदेखि नियमित उडान हुने भएको छ । दुई वर्षदेखि अवरुद्ध जिल्लाको एक मात्र उक्त विमानस्थल मङ्गलबारदेखि पुन ः सञ्चालन हुने भएको हो । नेपाल एयरलाइन्सको विमानले काठमाडाँै–रुम्जाटार उडान भर्ने तयारी गरिरहेको प्रदेश सांसद अम्विरबाबु गुरुङले बताए । “रुम्जाटारमा मङ्गलबारदेखि नियमित उडान गराउने सहमतिअनुसार तयारी भइरहेको छ”, उनले भने, “जिल्लाको समृद्धिका लागि महत्वपूर्ण मानिएको यो विमानस्थल अब कुनै पनि बहानामा बन्द हुन दिँदैनौँ ।” उक्त विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धनसँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने उनको भनाइ थियो ।

सांसद गुरुङका अनुसार सातामा एक दिन रुम्जाटार विमानस्थलमा उडान हुनेछ । विभिन्न बहानामा नेपाल वायुसेवा निगम र विभिन्न निजी कम्पनीले भर्दै आएको उडान रोकिएको दुई वर्षपछि नेपाल एयरलाइन्सले सातामा एक दिन रुम्जाटारमा उडान भर्ने तालिका सार्वजनिक गरेको छ ।

हवाई इन्धन केन्द्र बनाइने

रुम्जाटार विमानस्थललाई पूर्वी पहाडको हवाई इन्धन केन्द्र बनाउने विषयमा अध्ययन भइरहेको प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले बताए। केन्द्रका लागि उपयुक्त ठाउँ भएको विज्ञले बताएसँगै वायु सेवा निगम र सरोकारवालाबीच छलफल गरेर पहल थालिएको उनको भनाइ थियो । “लामो समयको अथक प्रयासपछि रुम्जाटारमा नियमित उडान गराउन सफल भइयो । अब हवाई इन्धन केन्द्र पनि बनाइनेछ”, सांसद सुनुवारले भने । “दर्जनौँ पटक म आफैँ मन्त्रालय र निगममा पुगेर समस्या राखेको छु । अरू साथीहरुको सक्रियता पनि उत्तिकै छ । अब उडानलाई व्यवस्थित बनाउनेतर्फ हामी लाग्छौँ ।” सांसद सुनुवारले यात्रु नपाएर उडान भर्न नसकिने अवस्था आउन नदिन सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए। तीन वर्षअघि धावनमार्गमा कालोपत्र गरिएको रुम्जाटार विमानस्थल पूर्वीपहाडको सुरक्षित हवाई गन्तव्यका रुपमा लिइन्छ ।

स्थानीयवासी लाभान्वित
रुम्जाटारमा हुने नियमित उडानले स्थानीयवासीलाई फाइदा हुने सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले बताए । चाडपर्वका समयमा सवारीसाधन रिजर्भ गरेर ओखलढुङ्गा आउनुपर्ने सर्वसाधारणलाई रुम्जाटारमा पनि हवाई उडान भएपछि जिल्ला आउजाउ गर्न सजिलो हुने उहाँको भनाइ थियो । जिल्ला अस्पतालबाट सिफारिस गरिएका बिरामीलाई हेलिकोप्टर चार्टर गर्न बाध्य हुनुपर्ने अवस्था पनि नियमित उडानले अन्त्य हुने नगरप्रमुख श्रेष्ठले बताए ।

निर्वाचनताका विभिन्न दलका नेताले उडान सञ्चालन गराउने प्रतिबद्धतासमेत जनाएका थिए भने वर्तमान नगरप्रमुख श्रेष्ठको पनि मुख्य कार्यसूचीमा परेको थियो । रुम्जाटारकै प्रदेशसभाका सांसद अम्विरबाबु गुरुङले पनि यसलाई मुख्य चुनावी एजेण्डा बनाएका थिए । प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले पनि तत्काल विमान सञ्चालन गराउने प्रतिबद्धता जनाएका थिए ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु