एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

श्रममन्त्रीदेखि संघका पदाधिकारीको मिलेमतोमा धरौटीको खेल ,अध्यक्ष वाग्ले

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २१ गते, आईतवार १४:३१

काठमाडौं, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका अध्यक्ष हंशराज वाग्लेले मुलुकको वैदेशिक रोजगार क्षेत्रलाइ तहस नहस बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टदेखि बैदेशिक रोजगार वेबसायी संघका केहि पदाधिकारी र केहि माफियाको मिलेमतो रहेको बताए । विजया दशमी, तिहार तथा छठ पर्वका अवसरमा फोरमले राजधानीमा आयोजना गरेको चियापान तथा व्यवसायी समस्याको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष वाग्लेले धरौटी बृद्धि गराई महतो लगायतलाई प्रवेश गराएपछि धरौटी वापत अर्बौं रकम बैंकमा जम्मा हुने र बैंकहरुले आफूले पाउने सेवा शुल्क वापतको रकमबाट मन्त्री विष्ट लगायतलाई हिस्सा दिने तयारी भएको दाबी गरे ।
उनले धरौटीवृद्धिमा सहयोग गरेवापत मन्त्रीदेखि नेकपा निकट नेताहरुले २०/२० करोड पाउने आश्वासन पाएको र यसमा नेपाली कांग्रेस निकट केही व्यवसायी नेताहरुले पनि वृद्धि हुने धरौटी रकम पाउने दाबी गरे । ‘बृद्धि भएको रकम हालिदिन्छौं भनेर प्रलोभन दिइएको मसंग प्रमाण छ’, उनले भने, ‘उपयुक्त समयमा  त्यसको पर्दाफास गर्ने छु ।’ केही दिन अघि स्थगित भएको संसदको वर्षे अधिवेशनमा नै धरौटी बृद्धि सम्बन्धी विधेयक संसदमा लैजाने तयारी रहेको तर फोरमको निरन्तरको आन्दोलनले रोकिएको दाबी गर्दै उनले आगामी दिनमा पनि त्यसलाई अघि बढाउन रोक्न दबाब दिन ज्ञापनपत्रमार्फत मन्त्री विष्टको ध्यानाकर्षण गराउने दाबी गरे । अध्यक्ष वाग्लेले केही संस्थालाई कारबाही गरेर गरीव कामदार जाने रोजगार गन्तव्य मलेसिया रोक्ने तर ती संस्थाबाट मन्त्रालयका सहसचिवलाई मलेसिया पठाइएको भन्दै त्यसमा मन्त्री बिष्टले बेबसायी र नेपालि जनतालाई जवाफ दिनुपर्ने माग गरे ।
धरौटी बृद्धिविरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र फोरमको यसअघिको नेतृत्वले कुनै काम गर्न नसकेको भन्दै आफू नेतृत्वमा आएपछि तीव्र रुपमा काम गरेको उनले दावी गरे । हंशराज वाग्ले नेतृत्वमा आएको २४ दिनमा ४ पटक व्यवसायी भेला भएको छ ।
चियापानमा  फोरम कार्यसमितिका २१ जनामध्ये उपाध्यक्ष किशोर केसी, महासचिव तारानाथ अर्याल, सचिव पुष्प न्यौपाने, कोषाध्यक्ष कमल काफ्ले, सहकोषाध्यक्ष मनसुनकाजी क्षेत्री लगायत पाच जना अनुपस्थित रहेका थिए । व्यवसायीलाई चियापानमा सहभागी हुनबाट रोक्न फोरमकै पूर्व अध्यक्षहरु र संघको नेतृत्व लागेको  वाग्लेले आरोप लगाए । उनले भने, ‘फोरम कार्यसमितिका ५ जना साथीहरु थाके पनि हंशराज वाग्ले एक्लो काफी छ, मन नमिल्ने र काम गर्न नसक्ने फोरम बाट बिदा भए हुन्छ । फोरममा काम नगर्ने साथीहरु मावली, ससुराली जता गएपनि हुन्छ, म घरमुली हुँ, कसैलाई ढोका बन्द गर्दिन , फोरम अध्यक्षात्मक प्रणालीबाट सञ्चालन हुन्छ ।
फोरमका पूर्व अध्यक्ष किरण किशोर घिमिरेले फोरममा आवद्ध अग्रज व्यवसायीहरु हिनताबोधले ग्रसित भई लघुताभाषा व्यवहार गर्ने प्रवृत्ति देखाएको भन्दै त्यस्तो प्रवृत्ति छोडेर एकीकृत हुनुपर्ने धारणा राखे । फोरमको वर्तमान नेतृत्व सक्रिय भएपछि मन्त्रिपरिषद्बाट पारित भइ संसदमा दर्ता हुने तयारीमा रहेको धरौटी बृद्धि सम्बन्धी विधेयक रोकिएको भन्दै व्यवसायीहरु एकीकृत र सक्रिय भएपछि परिणाम आउँछ भन्ने यसले देखाएको भन्दै व्यवसायी एकीकृत हुनुपर्ने अवस्था उत्पन्न भएको भनाइ घिमिरेको थियो । मन्त्री विष्टले पछिल्ला दिनमा कामदारहरुको अवस्थाबारे चिन्ता व्यक्त गर्दै सार्वजनिक अभिव्यक्ति दिनु सकारात्मक भएपनि व्यवसायीहरु मन्त्रीका पछिल्ला भनाई भन्दा कम चिन्तित अवस्थामा नरहेको बताए । व्यवसायीलाई मात्र बदनाम  गर्ने कार्यले वैदेशिक रोजगार व्यवसायमा सुधार आउन नसक्ने भन्दै फोरम पूर्व अध्यक्ष घिमिरेले विश्वसनीयता कायम गरी देखाउन मन्त्री विष्टलाई चुनौती दिए । उनले भने, ‘अरुलाई ठगीको आरोप लगाउनेले नेपालमा राजनीतिक नेताहरुको विश्वसनीयता कति छ ? त्यसको ख्याल गर्नुपर्छ, नेपालमा राजनीतिज्ञहरुको विश्वसनीयता कति छ जाँचबुझ गरौं ।’
मन्त्री विष्टले भन्दैमा  नेपाली कामदारले राहत नपाउने भन्दै घिमिलेले मुल्य निर्धारण माग आपुर्तिको आधारमा हुन्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता मन्त्री विष्टले बुझ्न ढिला गर्न नहुने सुझाव दिए । उनले भने, ‘मन्त्रीज्यूलाई चुनौती दिन चाहन्छु मलेसिया ‘एमओयू’को चर्चा छ, त्यसमा नेपाली कामदारको तलव १५ सय रिंगेट पुर्याएर देखाउनोस् । सुधार चाहेको हो भने विना पूर्वाग्रह छलफल गरौं । रेमिट्यान्स किन निरन्तर घटेको छ ? आगामी वर्षको व्यपार घाटा ८ अर्ब ऋणात्मक हुनेछ । त्यसमा मन्त्रीको ध्यान छ की छैन ?’
स्वागत मन्तव्य राखेका फोरमका वरिष्ठ उपाध्यक्ष सुजित श्रेष्ठले मन्त्रालयले व्यवसायीले लिने सेवा शुल्क घटाउने तयारीमा लाग्दा पनि संघ नबोलेको आरोप लगाए । मलेसियासँगको ‘एमओयू’मा व्यवसायीले कामदारको तलबको आधा महिनाको रकम मात्र सेवा शुल्क लिन पाउने प्राबधान राखिएको सार्वजनिक भएको लामो समय गुज्रदा पनि संघ नबोलेको उनको भनाइ थियो । उनले अब पनि बेबसायीले नबुझे बेबसाय बन्द गरेर बसे हुने बताए श्रेष्ठले बेबसायीहरु सबै एकजुट भएर सरकार र संघको गलत कार्यको बिरुद्द उत्रनुको विकल्प नभएको बताए  ।’
कार्यक्रममा तराई वैदेशिक रोजगार व्यवसायी समाजका उपाध्यक्ष नवलकिशोर यादवले विभिन्न प्रकारको सिण्डिकेट लाग्न थालेको भन्दै व्यवसायीको हितको लागि संघ हुँदाहुँदै नयाँ–नयाँ सिण्डिकेट जन्मिनु चिन्ताको विषय भएको बताए । उनले खाडी स्थित नेपाली दूतावासहरुले गर्दा नेपाली कामदारको डिमाण्ड अफ्रिकी देशमा डाइभर्ट भएको तर संघले त्यसमा ध्यान नदिएको आरोप लगाए । उनले भने ‘संघ व्यवसायीका एजेन्डामा केन्द्रीकृत हुन नसकेर सोधपुछमा मात्र अल्भिएर बसेको छ ।’
संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य पे्रम नारायण थापाले व्यवसाय बचाउन संघ र व्यवसायी गम्भीर भएर लाग्नुपर्ने धारणा राखे । संघका पूर्व महासचिव कमल तामाङले फोरमका केही अग्रजहरुले असहयोग गर्दैमा फोरमको वर्तमान नेतृत्व कमजोर र असफल नहुने दाबी गरे ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु