टु स्टेटका लेखक चेतन भगत पनि यौन उत्पीडनको आरोपबाट अछुतो रहेनन्

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार १५:२०

मुम्बई (एजेन्सी)– यौन शोषणको मिटू क्याम्पियन अन्तर्गत बलिवुडमा एक पछि अर्को खुलासा भइरहेका बेला भारतका चर्चित लेखक चेतन भगतलाई यौन उत्पीडनको आरोप लागेको छ। ह्वाट्सएपमा चेतनले एक महिलासँग गरेको कुराकानीको स्क्रिनशट भाइरल भएपछि सो खुलासा भएको हो।  ति महिलाले विवाहित चेतनले आफुसँग गरेको कुराकानीको स्क्रिनशट सामाजिक संजालमा अहिले भाइरल भएको छ।

धेरै जसो विवादित बयानबाट मिडियामा आइरहने चेतनले सो स्क्रिन शट सार्वजनिक भएपछि तुरुन्तै सामाजिक संजालमार्फत माफी माग्दै सो कुराकानी आफुले गरेको स्वीकार गरेका छन्। उनले त्यो घटना बारे दुख व्यक्त गर्दै सो कुराकानी धेरै बर्ष पहिलेको भएको बताएका छन्। चेतनले आफुलाई ति महिला विशेष लाग्ने गरेको उल्लेख गर्दै उनि विवाहित भएपनि आफुलाई सबै भन्दा अलग लागेको बताएका छन्। साथै चेतनले आफ्नी पत्नी अनुषासँग पनि माफी मागेका छन्। ति महिलासँग केहि शारीरिक या आपत्तिजनक  बताउदै उनले ति महिलासँग कहिल्लै भेट भने नभएको बताएका छन्।

बलिवुडमा केहि साता अगाडी अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरलाई यौन शोषणको आरोप लगाएपछि एकपछि अर्को गर्दै यौन शोषणका  भएका छन्। चर्चित निर्देशक विकास बहललाई  उनकै कम्पनीमा काम गर्ने महिलालाई यौन शोषण गरेको आरोप लागेको छ भने विकासलाई अभिनेत्री कंगना रनावतले पनि यस्तै आरोप लगाएकी छन्।

कंगनाले हालै दिएको एक अन्तर्वार्तामा विकाससँग भेट हुदा उनले आफुलाई हग गर्ने र उनको अंगालोबाट निस्किन धेरै संघर्ष गर्नु परेको आफ्नो अनुभव सार्वजनिक गरेकी छन्। कंगनाले विकासलाई यौन शोषणको आरोप लगाउने महिलाको समर्थन गरेकी छन्। बलिवुडमा गायक कैलाश खेरलाई पनि महिला पत्रकारहरुले यौन शोषणको आरोप लगाएका छन्।


 श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु