काठमाडौँ : प्रधानमन्त्री केपी ओली र अख्तियार प्रमुख नवीनकुमार घिमिरेबीच आज भेटवार्ता भएको छ । नेकपाको सचिवालय बैठक चलिरहेको समयमा अख्तियार प्रमुख घिमिरे प्रधानमन्त्री ओलीलाई भेटन आज विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । करिव आधाघन्टा लामो भेटवार्तामा अख्तियारका काम कारवाही लगायतका विषयमा छलफल भएको बुझिएको छ ।
भेटमा प्रधानमन्त्री ओलीले अख्तियारले साना भ्रष्टाचारीलाई मात्रै पक्राउ गरेको गुनासो आइरहेको भन्दै ठुला किसिमका अनियमितामा सग्लनहरुमाथिको छानविन प्रक्रियालाई तिब्र बनाउन आग्रह गरेका छन् । जवाफमा प्रमुख घिमिरेले अख्तियारले सबै किसिमको भ्रष्टाचारको विषयलाई उत्तिकै प्राथमिकता दिएको भन्दै पछिल्लो समय ठुला किसिमका अनियमिताको अनुसन्धानमा आफुलाई केन्द्रित गराएको जानकारी गराएका थिए ।
घिमिरेले केही दिनअघि मात्रै बर्दियाको बवई पुल निर्माण गर्दा अनियमिता गर्ने कार्यमा संग्लनमाथि कारवाहीका लागि बिशेष अदालतमा मुद्दा दर्ता गराएको स्मरण गराएका थिए । अख्तियार प्रमुखमा नियुक्त भएपछि प्रधानमन्त्री ओली र घिमिरेबीच पहिलोपटक भेट भएको हो ।
श्राेतः janasawal.com