रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

पोलार्ड वेस्ट इन्डिज टिममा फर्किए

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २२, सोमबार १५:२४

बार्बाडोसः वेस्ट इन्डिजका अलराउन्डर काइरोन पोलार्ड भारत विरुद्धको तीनवटा टी–२० क्रिकेट खेलका लागि १५ सदस्यीय टिममा छनौट भएका छन् । आगामी नोभेम्बर ४ देखि हुने उक्त प्रतियोगितामा पोलार्डको खेल क्षमता र घरेलु क्रिकेटमा गरिरहेको योगदानलाई विचार गरेर छनौट गरिएको वेस्ट इन्डिजका छनौट समितिका अध्यक्ष कोर्टनी ब्राउनले बताए ।

वेस्ट इन्डिज छनौट समितिले १५ सदस्यीय एक दिवसीय टीम समेतको घोषणा गरेको छ । उक्त टीममा नयाँ खेलाडीहरु चन्द्रपाल हेमराज, फाबियन आलेन र ओसेन थोमस रहेका छन् । आगामी सन् २०१९ मा हुने क्रिकेट विश्कपलाई समेत ध्यान दिएर नयाँ खेलाडी छनौट गरिएको कोर्टनी ब्राउनले बताए ।

ब्राउनले आक्रामक ब्याट्सम्यान क्रिस गेल भारत र बंगलादेश विरुद्धको खेलमा उपलब्ध हुन नसक्ने पनि जानकारी दिए ।

भारत र वेस्ट इन्डिजबीच अक्टोबर २१ देखि नोभेम्बर १ सम्म भारतमा पाँचवटा एक दिवसीय क्रिकेट प्रतियोगिता हुँदैछ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु