ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

नेकपा सचिवालय बैठकः स्थायी समिति बोलाउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २२, सोमबार १५:४१

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश कमिटीको पदाधिकारी चयन गर्ने सचिवालय बैठकको निर्णयप्रति असन्तुष्टि जनाएपछि त्यसलाई सम्बोधन गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सोमबार बसेको सचिवालयले बैठकले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो । प्रदेश कमिटीलाई पूर्णता दिने, जिल्ला कमिटी, जनवर्गीय संगठनलगायतका एकीकरण प्रक्रियालाई पूर्णता दिने गरी स्थायी समिति बैठक बोलाउने निर्णय गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

वरिष्ठ नेता नेपालले सचिवालय बैठकले प्रदेश कमिटीको पदाधिकारी चयन गरेकोमा आपत्ति जनाउँदै स्थायी समिति बैठक बोलाउन माग गरेका थिए। सोही असन्तुष्टिलाई समेत ध्यानमा राखेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक बोलाउन लागिएको हो । स्थायी समिति बैठकको मिति र कार्यसूचि भने बुधबार विहान ८ बजे बस्ने सचिवालय बैठकले तय गर्नेछ ।

बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको संयुक्त राष्ट्र संघ महासभा बैठक र कोष्टारिकाको भ्रमण अत्यन्तै सफल भएको निष्कर्ष पनि निकालेको छ । अध्यक्ष पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण, वरिष्ठ नेता नेपालले घाना र चीनको भ्रमणबारे बैठकलाई जानकारी गराएको  पनि प्रवक्ता श्रेष्ठले बताए। अव बस्ने स्थायी समिति बैठकमा सरकारको कामको पनि समिक्षा गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु