विभिन्न समूहमा छरिएका पूर्व माओवादीहरुले जनयुद्ध दिवस मनाउनेनवनियुक्त राजदूत रेग्मी र चेम्वर पदाधिकारीहरु बीच द्धिपक्षीय आर्थिक सम्वन्ध अभिवृद्धि बारे छलफलहेर्नुहोस् आज २०७७ साल फागुन १३ गते, विहिबारको राशिफलदल र देश”को भिडियो सार्वजनिक : राजनितिक विकृतिमाथि कडा प्रहारट्राफिक सचेतना कार्यक्रम अत्यन्तै उत्साहजनक : न्यौपानेहाप्किडोको चौथो राष्ट्रिय च्याम्पियसिप बैशाखको पहिलो सातादीपक प्रिक्वाटरफाइनलमाआज थप ११० जनामा कोरोना भाइरस संक्रमण पुष्टिमहासंघ प्रतिनिधी मण्डल र श्रम मन्त्री बीच भेटवार्ताबुद्धिजीवी पेशाकर्मीहरुले प्रतिनिधिसभा पुर्नस्थापनाको स्वागत

पाँच वर्षपछि कामका लागि विदे

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलवार १५:००

काठमाडौँ–श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले पाँच वर्षभित्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरिने बताएका छन् । सर्जक दुर्गा रायमाझीको शब्द, लय तथा स्वरमा तयार गरिएको सामाजिक चेतनामूलक गीत ‘फर्क दाइ फर्क…’ को सोमबार लोकार्पण गर्दै उनले स्वदेशमै रोजगारीको प्रशस्त अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको गरे । उनले भने, “सरकार स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन प्रयत्नशील छ, तत्कालका लागि वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो, व्यवस्थित र कम जोखिमपूर्ण बनाइने छ ।”

नेपालभित्रै रोजगारीको अवसर सिर्जना गर्नु र विदेशिएका युवा जनशक्तिलाई स्वदेश फर्काउनु चुनौतीपूर्ण भएको बताउँदै उनले नेपालको श्रम, सीप, जोश र जाँगर नेपालकै विकासमा लगाइनुपर्ने आवश्यकता औंल्याए । नेपाल विकासको प्रारम्भिक चरणमा रहेको उल्लेख गर्दै उनले पूर्वाधार, आर्थिक, सामाजिक विकासमार्फत ‘सुखी नेपाली र समृद्ध नेपाल’को लक्ष्य हासिल गर्न सबै एकताबद्ध भएर लाग्नुपर्ने गरे । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भूगोल र भावनामा विभक्त भएको दुई वटा नेपाललाई एक आपसमा जोड्न गीत, सङ्गीत महत्वपूर्ण माध्यम भएको गरे । रोजगारीका लागि विदेशिएका युवालाई स्वदेश फर्काउनु चुनौतीपूर्ण रहेको स्वीकार्दै उनले जहाँ रहेपनि मातृभूमिको विकास र समृद्धिका लागि योगदान गर्नुपर्ने गरे ।

उनले नेपाली काँग्रेस नेतृत्वको सरकारका पालामा रोजगारीका लागि विदेशिनु पर्ने अवस्थाको अन्त्यका लागि स्पष्ट योजना बनाउन नसकिएको स्वीकार गरे ।     सो अवसरमा वरिष्ठ सर्जक नारायण रायमाझीले सरकार तथा राजनीतिक दलले विदेशिएका युवालाई स्वदेश फर्कन आह्वान गर्न नसकिरहेको सन्दर्भमा यस गीतले मातृभूमिको समृद्धिका लागि सम्पूर्ण युवालाई नेपाल फर्कन आह्वान गरेको गरे ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु