भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

एशिया कप छनोटः नेपालबाट भुटान पराजित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २३ गते, मंगलवार १५:०४

काठमाडौँ : मलेसियामा जारी आइसिसी विश्व टी ट्वान्टी एशिया छनोट समूह ‘बी’अन्तर्गतको खेलमा नेपाल आज भुटानलाई पराजित गर्दै विजयी भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल मैदानमा भएको खेलमा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार चौथो जीत दर्ता गराएको छ । यसअघि नेपालले म्यानमा र मलेसियालाई आठ आठ विकेट तथा थाइल्याण्डलाई १४० रनले पराजित गरेको थियो ।

जीतसँगै अङ्कतालिकाको शीर्ष स्थानमा रहेको नेपालले एशिया छनोटको दोस्रो चरण पक्का गरेको छ । नेपालले चार खेलबाट आठ अङ्क जोडेको छ । छनोटबाट शीर्ष तीन टोलीले एशिया छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् । त्यस्तै एशिया छनोटबाट शीर्ष दुई टोलीले सन् २०२० मा अष्ट्रेलियामा हुने टी ट्वान्टी विश्वकपमा स्थान बनाउनेछन् । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले भुटानलाई १५१ रनको लक्ष्य दिएको थियो । जवाफमा भुटान १६ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ३३ रनमा सीमित भयो ।

भुटानका लागि तेञ्जिङ वाङ्चुक जुनियरले सर्वाधिक ११ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् । त्यस्तै सञ्जीवन गुरुङले ६ तथा रमेश गुरुङले ४ रन जोडे ।

नेपालका ललितनारायण राजवंशी र सन्दीप लामिछानेले ३–३ विकेट लिए भने वसन्त रेग्मीले दुई तथा दीपेन्द्रसिंह ऐरी र शरद भेषवाकरले १–१ विकेट झारे ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १५० रनको योगफल बनाएको थियो । नेपालका लागि प्रदीप ऐरीले सर्वाधिक ७५ रनको योगदान दिए । त्यस्तै अनिलकुमार साहले २७, दीपेन्द्रसिंह ऐरीले १५, आरिफ शेखले १३ तथा करण केसीले ११ रनको योगदान दिए । भुटानका जिग्मी सिङ्गे, सञ्जीवन गुरुङ, थिन्ले र रमेश गुरुङले १–१ विकेट लिए । नेपालले बुधबार चीनसँग प्रतिस्पर्धा गर्नेछ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु