काठमाडौं, २३ असोज । विश्व ॐकार तथा हिन्दु महामिलन महापर्व तनहुँको व्यास गुफामा आउँदो कार्तिक १ देखि ३० सम्म आयोजना गरिने भएको छ ।
वेद अनुयायी प्रतिष्ठान नेपालले आज राजधानीको रिपोर्टर्स क्लब नेपालमा आयोजना गरि उक्त महामिलन कार्यक्रमबारे जानकारी गराएको छ ।
मुस्लिम धर्मालम्बीहरुको तिर्थस्थल साउदी अरबको मक्का मदिना भनेजस्तै ॐकार परिवार पनि सनातन हिन्दुहरुको तीर्थस्थलको रुपमा अगाडि बढाउन यही भूमीलाई नै वेद पुजनको रुपमा अगाडी बढाउने आयोजकले जानकारी गराएको छ ।
देवव्यासको जन्मभुमिको रुपमा परिचित भूमीलाई विश्वमानै चिनाएर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गराउने आयोजक वेद अनुयायी प्रतिष्ठानको दाबी छ ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका प्रमुख संरक्षक शान्तिस्वरुपानन्द दामोदर बाबाले वेदलाई विश्व ब्रमाण्डको नीति र संबिधान रहेको बताएका थिए । उनले भने,‘व्यास एउटा ब्रम्हाण्ड हो । जसमा सबैको आत्मा जोडिएको पाईन्छ र संसारिक नीती तथा नियमहरु सबै यसैबाट प्रभावित रहेका छन । मैले नेपालको १२ वर्षे भ्रमण गरें । तर, कहीँपनि भगवान देव व्यासको २८ औं जन्मको रुपमा नेपालमै जन्म लिनुभएको थियो भन्ने बारेमा दुईमत पाईन ।’
उनले संसारमा शान्ती ल्याउनको लागि एकमात्र विकल्प वेदको अनुशरण गर्नु नै रहेको बताउँदै हिन्दुधर्म प्रत्यक्ष रुपमा वेदसंग जोडिएको जनाएका थिए । हजारौ वर्षदेखि राष्ट्र चिनाउने स्थानको रुपमा रहेको कारणपनि यो भूमीको चर्चामा जोड गरिएको उनको विश्वास छ ।
व्यासको भूमिकालाई आफूहरुले विश्वमानै चिनाउन सक्यौ भने यहाँ पर्यटकहरुको धुईचो लाग्ने र जसबाट स्थानिय बासिन्दाको आर्थिक स्थितीमा समेत सुधार गर्न सहयोग पुग्ने उनको भनाई रहेको छ ।
उनले थपे,‘शास्त्रमा पनि दामोदर कुुण्डमा शालीग्राम पाईन्छ भनेर लेखिएको छ । शास्त्रमा लेखिएको कुरा बास्तवमै सत्य सावित भएको छ । सबैले सत्य र तथ्यमा विश्वास राखे आत्मशान्तको मार्ग कठिन छैन ।’
त्यस्तै कार्यक्रममा बोल्दै भारतको मध्य प्रदेशबाट आएका राष्ट्रिय सन्त डा.मस्त बाबाजी महाराजले व्यास गुफामा आयोजना हुने उक्त ॐकार तथा हिन्दु महामिलन महापर्वलाई हिन्दु धर्म बचाउने एक सुत्रको रुपमा चित्रण गरे ।
उनले सबैलाई आ–आफ्नो स्थानमा रहेर व्यास गुफालाई संसारमा नै चिनाउन भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । व्यासको २८ आंै जन्म नेपालको तनहुँको व्यास गुफामै भएकोले उक्त गुफाले धार्मिक, साँस्कृतिक, ऐतिहाँसिक र पुरातात्विक महत्व बोकेको उनको भनाई थियो ।
उनले भने,‘नेपालको सुन्दर भविश्य हेर्नको लागि सबैमा वेदको अर्थ प्रष्ट हुन आवश्यक रहेको छ । आज बुद्धको जन्मभुमि लुम्बिनीलाई भारतले आफ्नो देशमा रहेको भनेझंै भोलिका दिनमा वेदको जन्मस्थल भएको तनहँुलाई पनि आफ्नो देशमा भएको भनेर भ्रमको खेति नगरोस भनेर सबैको ध्यान जान जुरुरी छ । वेद व्यासको संरक्षण तथा प्रवद्र्धनमा लाग्नको लागि म सबैलाई आग्रह गर्दछु ।’
त्यस्तै, कार्यक्रममा बोल्दै स्वामी पदम धारले सारा ब्रमाण्डलाई चिनाउन व्यासको भुमिका अतुलिनिय रहेको चर्चा गरे । उनले भने,‘व्यास केवल नेपालमामात्र परिचित नभएर संसारभरि नै उनको वेदमाथी अनुशन्धान भैरहेको छ । यो कार्यक्रमले पनि व्यासको जन्मभूमिको रुपमा चिनाउन सजिलो बनाउने मेरो विश्वास छ।’
व्यासको जन्मभुमि नेपालमै भएको र व्यासले नै सम्पुर्ण वेदको रचना गरेको कारण हिन्दुहरुले गर्व गर्न सिक्नुपर्ने त्रिशक्रि बाबाको भनाई छ । उनले भने,‘संसारमा रहेका सम्पुर्ण हिन्दुहरु एक हुनुको बिकल्प छैन । आफ्नो धर्मको प्रचार तथा सम्भारका लागि पनि व्यासको जन्मभुमिलाई प्रवद्र्धन गर्नु जरुरी छ।’
कार्यक्रममा बोल्दै वेद अनुयायी प्रतिष्ठान नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापतिसमेत रहेका आचार्य पण्डित कृष्णकान्त काफ्लेले प्रतिष्ठानको तर्फबाट यो भन्दा अगाडि विश्वमै प्रथमपटक गरिएको १८ महिना लामो अखण्ड हरि नाग संकिर्तन तथा १८ महिनासम्म १८ पुराणको कथा बाचन गरिसकेकोबारे जानकारी दिएका थिए ।
उनले भने,‘वैदीक सनातनको एक ठेगानाको रुपमा ब्यासको जन्मभुमिलाई लिन सकिन्छ । यसको प्रचार–प्रसारमा सबै हिन्दुहरुको कर्तव्य रहेको छ ।
कार्यक्रममा व्यास अद्धैता काशीनाथ न्यौैपानेको संकल्पमा व्यास विकास कोषको सक्रियतामा सहभागिता जुटाई १०८ फुट अग्लो व्यासको मुर्ति निर्माणको बिषयमा पनि प्रकाश पारिएको थियो ।