काठमाडौं : नेपाललाई संस्कार र सभ्यताको देश भनिन्छ । यहाँको परम्परा र रीतिरिवाजको आफ्नै पहिचान छ । बिवाह पनि यहाँ फरक फरक परम्परा र संस्कृति अनुसार हुन्छ, चाहे त्यो प्रेम बिवाह होस् वा मागी बिवाह । यति तपाइँले आफ्नो जीवनसाथी छान्नुभएको छ भने ठिकै छ । यदि छैन भने घरका अन्य सदस्यहरुले तपाइँको लागि जीवनसाथी छान्ने काम गर्नुहुन्छ । यदि तपाइँहरु मागी बिवाह गर्न गइरहनु भएको छ भने बिशेषतः यी ५ कुराहरुमा ध्यान दिनुपर्छ ।
१. समय निर्धारणः जब तपाइँको परिवारले तपाइँको बिवाहको बारेमा कसैसँग कुरा गर्नुभएको छ भने तुरुन्त बिवाह नगर्नुस् । बिवाह भन्दा पहिला हुनेवाला जीवनसाथीसँग केहि समय बिताउनुहोस् । यसबाट एकअर्कालाई बुझ्न सजिलो हुन्छ ।
२. केहि नलुकाउनुस्ः बिवाह भन्दा पहिला कसैसँग प्रेमसम्बन्धमा भएमा त्यसको बारेमा सबै साँचो कुराहरु भन्नुहोस् । यसबाट तपाइँको आउने जीवनको सम्बन्धमा सुधार ल्याउनुको साथै जीवनसाथीलाई तपाइँप्रतिको विश्वास पनि बढ्छ ।
३. आर्थिक साझेदारीः बिवाहभन्दा पहिला आफ्नो र जीवनसाथीको कमाईको बारेमा पनि एकअर्कालाई जानकारी गराउनु जरुरी हुन्छ । यसबाट सम्बन्धमा समझदारी बढ्छ ।
४. परिवारिक कुराः जोसँग बिवाह गर्न लागेको छ उसको परिवारसँग पनि समय बिताउनु जरुरी छ । बिवाहले दुई परिवारलाई आपसमा जोड्ने काम गर्छ । यसकारण एकअर्काको परिवारसँग पनि समय बिताउनु जरुरी हुन्छ ।
५. इच्छा चाहनाः बिवाह भन्दा पहिलानै आफ्नो हुनेवाला जीवनसाथीलाई मनका कुराहरु सबै भन्नुहोस् । हुनेवाला जीवनसाथीलाई बिवाहपछिको आफ्नो चाहनाको बारेमा पनि जानकारी गराउनुहोस् । केहि नयाँ काम गर्न चाहेको भएपनि आफ्नो पार्टनरलाई सबैकुरा भन्नुहोस् ।
श्राेतः janasawal.com