काठमाडौँ – शङ्खमुल पार्क निर्माण गर्न सहयोग गर्ने चन्दा दाताहरुको नाम मार्वलमा लेखिने भएको छ । गैरआवासीय नेपाली संघको लगानीमा निर्माणधीन शङ्खमूल पार्कमा सहयोग गर्ने चन्दादाताको नाम मार्बलमा लेख्ने काम शूरु भएको हो । शङ्खमूल पार्क यही अक्टोवर ११ बिहिबारका दिन सरकारलाई हस्तान्तरण हुँदैछ । हस्तान्तरणको केहि दिन मात्र बाँकी रहँदा चन्दादाताको नाम मार्वलमा लेख्ने काम शूरु गरिएको हो ।
काठमाडौं र ललितपुर जिल्लाको सीमा क्षेत्रमा पर्ने बाग्मती नदी किनारको ३२ रोपनी क्षेत्रफलमा पार्क तयार भइसकेको छ । अक्टोवर ११ अर्थात ‘एनआरएन डे’ मा हस्तान्तरण हुने भएपछि शनिबार सरसफाई गरि चिटिक्क बनाइएको छ । एनआरएन आइसिसी उपाध्यक्ष एवं शङ्खमुल पार्क परियोजना समितिका संयोजक कुल आचार्यले चन्दादाताको नाम मार्वलमा लेख्ने काम शूरु भएको बताए । संयोजक आर्चायका अनुसार पार्क करिव ३ करोड लागतमा निर्माण भएको हो । पार्क निर्माणमा ढिलाई भएपछि लागत बढेको थियो । लागत बढेपछि केहि साताअघिसम्म चन्दा उठाउने कार्य जारी राखिएको थियो ।
संयोजक आचार्यले अक्टोवर ५ सम्म सहयोग गर्ने चन्दादाताको नाम मार्बलमा लेखिने भन्दै सहयोगको लागि अन्तिम आव्हान गरेका थिए । सो आह्रवान गरेसँगै राम्रो सहयोग प्राप्त भएको संयोजक आचार्यले बताए । ‘एनआरएन डे’ अर्थात असोज २५ गते हरेक वर्षजस्तै पशुपति र बौद्ध भिजिटलगत्तै शङखमूल पार्कको औपचारिक हस्तान्तरण हुनेछ । जसका लागि नेपाल सरकारको तर्फबाट शहरी विकास मन्त्रीले उद्घाटन गर्नेछन् । पार्क निर्माणमा सघाउने चन्दादातालाई प्रशंसापत्र दिने कार्यक्रमसमेत रहेको संयोजक आचार्यले जानकारी दिए ।
तत्कालीन अध्यक्ष शेष घलेपछि एनआरएनमा भवन भट्टको नेतृत्वमा नयाँ कार्यसमिति आएको थियो । नयाँ नेतृत्वले पार्क निर्माणका लागि शंख्खमुल पार्क परियोजना समिति गठन गरेको थियो । समितिको अध्यक्षमा संघका अध्यक्ष भवन भट्ट, संयोजकमा संघका उपाध्यक्ष कुल आचार्य रहने गरि जिम्मेवारी तोकिएको थियो । यस्तै मंगलबार एनआरएनए अध्यक्ष भट्टलगायतको टोली गोरखामा एनआरएनको सहयोगमा पुर्ननिर्माण हुँदै गरेको लाप्राक बस्तीको अवलोकन भ्रमण गरेर फर्केको छ । भ्रमण टोलीमा एनाआरएनका उपाध्यक्ष सपिला राजभण्डारी, एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, एनआरएन मध्यपूर्व डिआरसी प्रवीण गुरुङ एनआरएन आइसिसि सदस्य मनोज श्रेष्ठसमेत सहभागी थिए ।
श्राेतः janasawal.com