एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

वामदेव गौतम संसद, पार्टी र सरकारभित्र आवश्यक छ : सांसद झाँक्री

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २५ गते, बिहीबार १६:३८

काठमाडौं, २५ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले पार्टीका प्रभावशाली नेता वामदेव गौतमको भूमिका संसद, सरकार र पार्टीभित्र सबै ठाउँमा रहेकोले प्रतिनिधिसभाको सदस्य बन्नुपर्ने स्पष्ट पारेकी छिन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद झाँक्रीले भनिन्,‘सबै कुरा हामीले मिडियामा आएपछि थाहा पाएका छौं । र, अर्को कुरा के पनि थाहा पाएका छौं की पार्टीले निर्णय गरेको छैन भनेर । मलाई लाग्छ के लाग्छ भने यो बाहिर सडकमा, सतहमा या सामाजिक सञ्जालमा बहस गरेर यसको निरुपण वा निधान हुँदैन् ।’

पार्टीको लागि या पार्टीका नेताहरुलाई के–के जिम्मेवारी दिने भन्ने कुरा र व्यवस्थालाई कतातिर लैजाने भन्ने कुरा पार्टीका नेताहरु अथवा केन्द्रिय कमिटीले निर्णय गर्ने उनको भनाई छ । झाँक्रीले भनिन्,‘हाम्रो केन्द्रिय कमिटी एकता समायोजन बेला बसेको थियो । त्यसबाहेक बसेको छैन । केन्द्रिय कमिटिले स्थायी समितिलाई अधिकार प्रत्यायोजन गरेको छ । स्थायी कमिटीले फेरी सचिवालयलाई प्रत्यायोजन गरेको छ । यो प्रत्यायोजित अधिकार फेरी प्रत्यायोजन गर्न चाहीँ पाईँदैन् । तर हाम्रो सचिवालयले सबै महत्वपूर्ण निर्णयहरु गर्ने गरेको छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेतृ झाँक्रीले नेता गौतमको आवश्यकता संसद, सरकार र पार्टीमा पनि रहेको उल्लेख गर्दै गौतमलाई संसदमा ल्याउँदा फाइदा हुने जिकिर गरिन्। उनले भनिन्,‘हाम्रो पार्टीका आदरणीय नेताहरु हुनुहुन्छ, उहाँहरुले विवेकसम्मत् आवश्यकत्ताको पहिचान गरेर आवश्यकत्ताको सिद्धान्तअनुसार अर्को एकजना शीर्षस्थ नेतालाई चुनाव लडाउने, सांसद बनाउने कुरा पार्टीले गर्न खोजेको हो भने हामी कार्यकर्ताले हाम्रो अधिकार केन्द्रिय कार्यसमितिबाट प्रत्यायोजित गरेका छौं । उहाँहरुले नै न्याय गर्नुहुन्छ । हामी पार्टीले गरेको निर्णयलाई कार्यान्वयन गरेर जान्छौं ।’

वामदेव गौतमलाई प्रतिनिधिसभामा ल्याउने कि नल्याउने भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भनिन्,‘०६२÷०६३ पछिको ऐतिहाँसिक क्रान्ति पछाडि हामीले संविधानसभा बनायौं । त्यतिबेला संविधानसभामा ठूलो संख्या थियो । समावेशी र समानुपातिकतर्फको थियो । त्यतिवेला नयाँ संविधान निर्माण प्रक्रियामा कोही मान्छे छुट्ला की, त्यस्तो हो भने अर्को एउटा ढोकापनि खोलेका छौं भनेर क्याबिनेटबाट २६ जना मनोनित गर्ने व्यवस्थापनि थियो । पहिला त्यो बाटोलाई प्रयोग गरिएको थियो ।’

उनले वामदेव गौतम चुनाव लड्ने वा नलड्ने भन्ने विषय वा बहसबारे प्रतिक्रिया दिँदै भनिन्,‘अब उहाँ चुनाव लड्ने वा नलड्ने विषय, कुन क्षेत्र खाली गर्ने, उक्त क्षेत्र चुनाव जित्ने सुनिश्चित छ की छैन भन्ने आधारमापनि, र अर्को वस्तुगत यथार्थ त्यो हो कि होईन भन्ने कुरा पार्टीले विश्लेषण गर्नुपर्छ । वामदेव गौतम संसदमा आवश्यक छ कि छैन भन्ने कुरा एक जना महत्वपूर्ण व्यक्तिको आवश्यक सँधै र सबै ठाउँमा हुन्छ ।’

गत निर्वाचनमा कयौं प्रभावशाली नेताहरुले निर्वाचन हारेको उल्लेख गर्दै उनले भनिन्,‘संसदमा एकदमै महत्वपूर्ण विषयमा छलफल भैरहँदा, सरकारका नीति तथा कार्यक्रम, बजेटलगायत अहिले हामीले मौलिक हकसम्बन्धी १६ वटा कानूनहरुपनि बनायौं । त्योसँग सम्बन्धित बहसमा शीर्षस्थ नेताहरुको आवश्यकत्ता खड्किन्छ । त्यो बखत उहाँहरु भएको भए त्यो संसद यो भन्दा अझै जीवन्त हुन्थ्यो भन्नेपनि लाग्छ । त्यसले गर्दा हाम्रो पार्टीका शीर्षस्थ नेताहरु संसदमा हुनुहुन्छ । तर, वामदेव गौतम हुनुहुन्न । स्वभावैले उहाँपनि भएको भए अलिकति सफल र जीवन्त हुन्थ्यो, अथवा संसद चल्ने कुरा अझै फरक हुन्थ्यो की भन्ने कुरा हामीले अपेक्षा गर्नु स्वभाविक हो ।’

नेता वामदेवको आवश्यकत्ता हो कि होईन भन्ने कुराको बहस पब्लिक्ली भन्दापनि पार्टी एकता प्रक्रियाको सन्दर्भमा उनले निरन्तर गरेका प्रयासहरु महत्वपूर्ण रहेको झाँक्रीको भनाई छ । उनले थपिन्,‘समाजवादबारे ०७२ यता हाम्रो पार्टीमा खासै छलफल भएको छैन । यो बारेमा महत्वपूर्ण विचार दिने र बनाउने नेताको रुपमा हुनुहुन्छ वामदेवजी । त्यो हिसाबले चाहीँ यी विषयहरुको आधारमा उहाँले चुनाव लड्ने या नलड्ने भन्ने कुरा चाहीँ पार्टीका शीर्ष नेताहरुले सोच्न भएको होला । अहिले यहाँ हामीले उहाँ चुनाव लड्नुपर्छ भनौंला, भोलि पार्टीले अर्कै निर्णय गर्ला । यहाँ धेरै कार्यकर्ताहरुले उहाँ चुनाव लड्नुपर्छ भन्लान् । दुई तिन जना नेताहरुले चुनाव लड्नुहुँदैन् भन्नुहोला । हामी वलशक्ती तत्वहरु होईनौं ।’

उनले वामदेव गौतमको आवश्यकत्ता छैन भनेर आफूजस्तो नेताहरुले भन्ने दिन आज नआएको पनि स्पष्ट पारिन् । उनले भनिन्,‘वामदेव गौतमको आवश्यकत्ता आजपनि जरुर छ । पार्टीभित्र छ, संसदभित्र छ, र सरकारमा पनि छ। राजनीतिक विचार निर्माण गर्नपनि उहाँको आवश्कत्ता छ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु