रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

लोकसेवा आयोगमा ज्ञापन पत्र बुझाइयो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २५, बिहीबार १६:३८

२५ असोज २०७५ शर्मिला विश्वकर्मा, काठमाण्डौं ।नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना तथा ओपन सोसाइटी फाउण्डेशनको सहयोगमा नेपाल सरकारका विभिन्न निकायहरुमा सेवा गर्नको लागि अपाङ्गता भएका व्यक्तिहरुको उमेरको हदबन्दि ४० वर्ष कायम गर्नु भनी लोकसेवा आयोग कानून विभागका सहसचिव पाराश्वर ढुङ्गानालाई ज्ञापन पत्र बुझाइयो । सो कार्यक्रममा आयोजक संस्था नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका महासचिव जगदिश प्रसाद अधिकारीले नेपाल सरकारका संघ संस्था तथा निकायहरुमा सेववा गर्नका लागि समावेश गरिनु पर्ने सवालहरु सहितको ज्ञापन पत्र पढेर सुनाउदै लोकसेवा आयोग कानून विभागका सहसचिव पाराश्वर ढुङ्गानालाई हस्तान्तरण गर्नु भएको थियो । यसै क्रममा अखिल नेपाल क्रान्तिकारी अपाङ्ग संघका अध्यक्ष टेकनाथ न्यौपानेले सरकारी निकायका साथै नेपाल वायु सेवा निगम, विद्मुत प्रधिकरण, बैङ्कीङ् क्षेत्र लगायतका निकायहरुमा अपाङ्गता भएका व्यक्तिहरुको सवालमा ४० वर्ष उमेरको हदबन्दि तोकिनु पर्ने बताउनु भयो । त्यसै गरी समानताका लागि आवाजकी अध्यक्ष रमा ढकालले यस्ता निकायहरुले अपाङ्गता भएका व्यक्तिहरुको उमेरको निश्चित गर्नुका साथै सबै निकायहरुले आरक्षणको व्यवस्था गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

सो छलफल कार्यक्रममा राष्ट्रिय शारीरिक अपाङ्ग संघका अध्यक्ष किरण शिल्पकारले विभिन्न प्राधिकरणहरुमा आवेदन खुलाउदा अपाङ्गता भएका व्यक्तिहरुलाई ३५ वर्ष नाघेको भनि समावेश नगरेको गुनासो गर्नु भयो । सोही क्रममा नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका महासचिव जगदिश प्रसाद अधिकारीले अवका दिनमा लोकसेवा आयोग, शिक्षक सेवा आयोग, बैङ् तथा प्रतिष्ठानहरुमा सेवा गर्नको लागि अपाङ्गता भएका व्यक्तिहरुको उमेर ४० वर्ष कायम गरिदिनु हुनको लागि अनुरोध गर्नु भयो । उक्त कार्यक्रममा लोकसेवा आयोग कानून विभागका सहसचिव पाराश्वर ढुङ्गानले लोकसेवा आयोगले अपाङ्गता भएका व्यक्तिहरुका लागि राष्ट्रिय नीति अनुसार भएको आरक्षणलाई संघ संस्थाहरुले लागु गर्नु पर्ने भनि संस्थाहरुलाई जानकारी गराउने बताउदै अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई सम्बोधन गर्ने कुरामा जोड दिनु भयो । सो कार्यक्रममा प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु