रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

निजगढ अन्तर्राष्ट्रिय विमास्थल निर्माण कुनैपनि बहानामा रोकिनु हुँदैन् : सरोकारवाला तथा विज्ञहरु (प्रेस वक्तव्यसहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २५, बिहीबार १६:४४

काठमाडौं, २५ असोज । फाष्ट ट्रयाक, एयरपोर्ट निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिले निजगढ अन्तर्राष्ट्रिय विमास्थल निर्माण कुनैपनि बहानामा रोकिन नहुने स्पष्ट पारेको छ ।

बिहीबार समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो । समतिले आगामी ५÷७ वर्षभित्र निर्माण सम्पन्न हुने सुनिश्चितताको लागि सरकारसंग माग समेत गरेको छ ।

समितिले प्रेस वक्तव्य जारी गर्दै भनेको छ,‘हामी प्रदेश २ बासी यो आयोजना कुनै पनि बाहानामा गुमाउन चाहान्नौं । अब पनि कुनै बाहानामा आयोजना अल्झाई राख्ने अधिकार कसैलाई छैन् । तत्काल निर्माण कार्यलाई अघि बढाउन र ५÷७ वर्षभित्र निर्माण सम्पन्न हुने सुनिश्चितताको लागि सरकारसंग माग गर्दछौं । सबैखाले चलखेलका विरुद्ध हामी संघर्षमा उत्रिन तयार छौं । साथै हामीले स्थानीय स्तरबाट गर्नुपर्ने समन्वयका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता ब्यक्त गर्न चाहान्छौं ।’

समितिका संयोजक रविराज दंगालको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै टाँगियाबस्ती सरोकार समितिका तर्फबाट रमेश सापकोटाले विमानस्थलको धावन मार्ग प्रस्ताव गरिएको १४७६ धुरीको टाँगियाबस्तीमा विकास निर्माण ठप्प भएको गुनासो पोखे । उनले भने,‘यो बस्तीको कारणले विकास निर्माण नरोकियोस् । सरकारले बरु बस्तीको उचित व्यवस्थापन गर्नुपर्छ ।’

उक्त गाउँमा १६ घर धुरी लालपुर्जाविहीन रहेको सुनाउँदै उनले भने,‘त्यस्तै यो क्षेत्रमा ११० विघा नम्बरी जग्गा छ । वातावरण भन्दापनि विनाशकोबारेमा अध्ययन गर्न आवश्यक छ । अनावश्यक रुपमा जंगल फडानी गर्नुहुँदैन् । बन विनाश हुन्छ भनेर बहस गर्ने विषयपनि होईन । यो योजना अन्तै सर्नेपनि सम्भावना र विकल्प छैन् ।’

आयोजना प्रमुख ओम शर्माले उक्त परियोजना निर्माणको प्रगति विवरणबारे प्रकाश पारेका थिए । उनले भने,‘अहिले नदी नियन्त्रणको काम भैरहेको छ । सेनासँग समन्वयको कार्यपनि जारी छ । र, जग्गाको मुआब्जा वितरण गर्ने काम पनि जारी छ ।’

 

त्यस्तै उनले एक लाख २८ हजार रुखमध्ये २५ हजारमात्रै सालको रुख रहेको पनि सुनाए । उनले भने,‘तीन लाख २५ हजार चाहीँ पोल काठ छन् । बस्तीको सहज स्थानन्तरणेका लगिपनि हामीले अध्ययन गरिरहेका छौं ।’

नागरिक उड्ययन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरले २०५० सालमा राष्ट्रिय हवाई नीति सार्वजनिक भएयता २०५३ मा संशोधन भएको सुनाए । उनले भने,‘२०५० साल यता यो विमानस्थल निर्माणको काम सरकारले अभ्यासको रुपमा मात्रै गरिरहेको छ । अहिले विभिन्न बाधा तथा व्यवधानहरु अघि सारेर योजना नै असफल बनाउन लागिपरेका छन् । तर, नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा हवाई मार्गलाई स्थापित् गराउन यो योजनाले भूमिका निर्वाह गर्नेछ ।’

 

नेपाल अन्तर्राष्ट्रिय हवाई सञ्जालबाट छुटेको बताउँदै उनले भने,‘२४ लाख रुख काट्ने भनेर बजारमा गलत समाचार प्रवाह गरिएको छ । यस्तो अफवाह विकास हुँदैन् ।’ विदेशी प्राविधिकको टोलीले पनि लोकेशन मन पराएको कारण ‘एभरेष्ट एयर रुट’ को माध्यमले संसारलाई चिनाउन सजिलो बनाउनेपनि उनले विश्वास व्यक्त गरे ।

नागरिक उड्ययन प्राधिकरणका पूर्व महानिर्देशक वीरेन्द्र बहादुर देउजाले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा धेरै समस्याहरु रहेको सुनाए । उनले भने,‘टिआईएमा एकमात्रै धावन मार्ग छ, त्यस्तै नजिकै पहाड छन् । यतिमात्रै होईन हाम्रो विमास्थलमा भिजिविलीटीपनि कम छ । यसले गर्दा अबको एक दशकभित्र विमान अवतरणमा ठूलो समस्या आउँदैछ । यसतर्फ सचेत हुनुपर्छ ।’

 

त्रिभुवन विमानस्थलले मात्रै अब अन्तर्राष्ट्रिय उडानहरु धान्न नसक्ने भएका कारण चाँडो भन्दा चाँडो निजगढ लगायत अन्य अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने उनको धारणा छ । उनले थपे,‘हाम्रो सरकारले अब पर्यटनको विकासबाट देशको ग्रामिण विकासलाई विकास गर्ने नीति लिनुपर्छ ।’

काठमाडौंबाट नजिकैको क्षेत्र रहेकोले निजगढ देशकै लागि उपर्युक्त विमानस्थल बन्ने उनको विश्वास छ । उनले भने,‘हामी अब ईण्डियन एयर स्पेशमामात्रै कहिलेसम्म निर्भर रहने ? निजगढ विमास्थल पूर्व–पश्चिम ल्याण्डिङ भएको कारणले हवाई अवतरणमा सुरक्षित रहनेछ ।’ उनले फाष्ट ट्रयाक र निजगढ विमास्थलले देशको मुहार फेर्न सक्ने पनि विश्वास दिलाए ।

त्यस्तै कार्यक्रममा पूर्वाधार विज्ञ ई. डा. सुर्यराज आचार्यले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएको कारण कसैलेपनि विरोध गर्न नहुने धारणा राखे । उनले भने,‘यो आयोजनालाई सफल बनाउनको लागि सबैले सहयोग गर्नुपर्छ । किनकी यो आयोजना एशियाकै उत्कृष्टमा परेको छ ।’

आचार्यले फाष्ट ट्रयाक निर्माणको विषयमा सरकारको ध्यान जानुपर्ने बताए । उनले भने,‘निजगढ विमास्थललाई जोडेर फाष्ट ट्रयाक छिटोभन्दा छिटो निर्माण गर्नपनि सरकारको ध्यान जाओस् । विकासको नयाँ पहल चालोस् । विकास र वातावरणको सन्तुलन मिलाउन सक्नुपर्छ ।’

उनले वातावरणलाई एउटा कारण देखाएर वातावरणजीवीहरु अहिले निजगढ विमानस्थल निर्माण गर्नु हुँदैन भनेर चलखेलमा लागेको आरोप लगाए । उनले भने,‘हाम्रो देशमा तीन किसिमका वातावरणसम्बन्धीका मान्छेहरु छन् एकथरी छन्–वातावरणकर्मी, अर्को वातावरण विकासवादी, त्यस्तै अर्कोथरि छन्–वातावरणजिवी । यी मध्ये वातावरणजिवीले चलखेलमा लागेर विमानस्थल बनाउन नदिने षड्यन्त्र गरिरहेका छन्।’

संयोजक दंगालले भने समितिले तयार पारेको विज्ञप्ती वाचन गरेका थिए ।

लाभान्वित एवं प्रभावित जिल्लावासी

मिति : २०७५ असोज २५

प्रेस विज्ञप्ती

आदरणीय पत्रकार/मिडियाकर्मी बन्धु एवं सरोकारवाला, विज्ञ !

बारामा बन्ने दोस्रो अन्र्तराष्ट्रिय विमानस्थलको चर्चापरिचर्चा सुरु भएको साढे दुई दशक भईसकेका छ । सन् १९९५ मा नै प्रारम्भिक सम्भाव्यता अध्ययन पुरा भईसकेको यस राष्ट्रिय गौरबको आयोजनाको स्थलगत सर्वे गर्दा नेपालका अन्य ८ ठाँउमा भएको थियो । प्राविधिक, समरिक र भौगोलिक आधारमा अहिलेको स्थान छनौंट भएको हो । प्राविधिक टोलीको प्रतिवेदनको आधारमा यो ठाँउ छनौंट हुनुमा कुनै राजनीतिक प्रभाव वा दबाव थिएन् । तर सबै राजनीतिक दलका चुनावी घोषणा पत्रमा साझा एजेण्डा थियो । यद्यपी अहिले विमानस्थल निर्माणको प्रारम्भिक चरणमा प्रवेश गरिसकेको अवस्थामा वातावरणीय प्रभावको नाममा विरोधका स्वरहरु गुञ्जिन थालेका छन् ।

२५ वर्षदेखि विमानस्थलको प्रभावित क्षेत्रका जनतालाई अन्यौलमा राखिएको छ । विकासको निम्ती जन्मथलो छाडेर विकल्प सहित ब्यवस्थापनको पखाईमा छन् । विमानस्थलको धावन मार्ग प्रस्ताव गरिएको १४७६ धुरीको टाँगियाबस्तीमा विकास निर्माण ठप्प छ । एयरपोर्ट बन्ने ठाँउ भन्दै आधारभूत विकास समेत रोकिएको यहाँका जनतालाई अझैं कहिलेसम्म अन्यौलमा राख्ने ? बस्ती ब्यवस्थापनका लागि सामाजिक प्रभाव मूल्यांकन प्रतिवेदन बनिसकेको अवस्थामा त्यसका आधारमा उचित ब्यवस्थापन हुने कुरामा हामी आशावादी छौं ।

टाँगियाबस्ती सरकारले २०३१ सालमा टाँगिया परियोजनाको नाममा त्यहाँका रुख कटान गरि नयाँ विरुवा हुर्काउन राखिएको जनताको विस्तारित बस्तीको रुपमा रहेको छ । विमानस्थलको निर्माणपछि वन विनासबाट सिचाईको समस्या आउने भनिएको छ, त्यसलाई नारायणीको पानी राप्ती खोलामा ड्राईभर्सन बनाई सिंगो बारा, पर्सालाई सिन्चित गर्न सकिने विकल्प छ । यसलाई तत्काल अघि बढाउन आवश्यक छ । विमानस्थल बनाउने क्रममा रुख कटान हुने सम्बन्धमा हामीले सरकारलाई आवश्यक रुख कटान गरि त्यसको क्षतिपूर्ती वापत रोप्नु पर्ने विरुवा रोप्ने कार्य देशका विभिन्न स्थानमा अहिले नै सुरु गर्न सुझाव दिन चाहान्छौं ।

यस सम्बन्धमा सरकारका तर्फबाट माननीय संस्कृत पर्यटन तथा नागरिक उड्यन मन्त्री रबिन्द्र अधिकारीले विमानस्थललाई हरित विमानस्थल बनाउने भनि दिएको अभिब्यक्ति स्वागत योग्य छ । साथै हामीले विमानस्थलभित्र प्रस्ताव गरिएको एयरपोर्ट सिटीलाई विमानस्थलसंगै जोडिएका नगरहरुमा सार्नुपर्ने माग राख्दै आएकोमा सरकारको तर्फबाट त्यसप्रति सकारात्मक कुरा बाहिर आएको छ । विमानस्थलसंगै जोडिएको निजगढ नगरपालिकालाई सरकारले स्मार्ट सिटीको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाईसकेको छ । विमानस्थलबाट एयरपोर्ट सिटी बाहिर निकाल्दा त्यसबाट रुख कटानको संख्या निकै घट्न सक्छ ।

हामीले प्रदेश २ मा प्रस्ताव गरिएको दुई वटा राष्ट्रिय गौरबको आयोजना फास्ट ट्रयाक र एयरपोर्टको सम्बन्धमा तीन वर्षदेखि संघर्ष र समन्वय गर्दै आएका छौं । यस अघि विमानस्थल जस्तै अन्यौल र विवादमा घेरामा रहेको तराईलाई काठमाण्डौंसंग यातायात र भावनात्मक रुपमा जोड्ने फास्ट ट्रयाक निर्माणका लागि ६२ जना युवाको टोली ४ दिन हिडेर काठमाण्डौंमा आई तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित १२ वटा राजनीतिक दलका नेतृत्वलाई ज्ञापन पत्रमार्फत विकास निर्माणमा साझा धारणा बनाउन आह्वान गरेका थियौं ।

अनशन, हस्ताक्षर संकलनदेखि जनताबाट लगानी संकलन अभियानसम्म सञ्चालन गरेको स्मरण गराउन चाहान्छौं । फास्ट ट्रयाक निर्माण हुने सुनिश्चित भईसकेको अवस्थामा परिपुरक आयोजनाको रुपमा रहेको विमानस्थलको बारेमा पछिल्लो समय आएका विभिन्न खाले चलखेलले हाम्रो ध्यानाकर्षण भएको छ । विकास निर्माणको कार्यमा सुझाव र निकाशको लागि बहसमा जुट्न सरोकारवाला विज्ञ समुदायलाई आह्वान गर्दछौं ।

हामी प्रदेश २ बासी यो आयोजना कुनै पनि बाहानामा गुमाउन चाहान्नौं । अब पनि कुनै बाहानामा आयोजना अल्झाई राख्ने अधिकार कसैलाई छैन् । तत्काल निर्माण कार्यलाई अघि बढाउन र ५÷७ वर्षभित्र निर्माण सम्पन्न हुने सुनिश्चितताको लागि सरकारसंग माग गर्दछौं । सबैखाले चलखेलका विरुद्ध हामी संघर्षमा उत्रिन तयार छौं । साथै हामीले स्थानीय स्तरबाट गर्नुपर्ने समन्वयका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता ब्यक्त गर्न चाहान्छौं ।

रविराज दंगाल
संयोजक
मो. ९८५५०६८४३३

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु