काठमाडौँ –गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको पूँजी र सीपलाई देशको आर्थिक समृद्धिमा लगानी गर्र्न प्रतिबद्ध रहेको बताएका छन्। गैरआवासीय नेपाली (एनआरएन) दिवस पूँजी र सीप भित्र्याउनमा केन्द्रित गरेको भन्दै गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए)का अध्यक्ष भवन भट्टले नेपाललाई समृद्ध बनाउन विदेशमा बस्ने नेपालीको समेत उत्तिकै भूमिका रहेको उल्लेख गरे । मंगलबार गैरआवासीय नेपाली दिवस हो । दिवस मनाउन विज्ञसहित गैरआवासीय नेपाली नेपाल आएका छन् । यसपटक भने फरकरूपमा दिवस मनाउन लागिएको छ ।
सन् २००३ मा स्थापना भएको सङ्घले सन् २००४ देखि दिवस मनाउन थालेको हो । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए)का महासचिव डा बद्री केसी यसपटकको दिवस पूँजी र सीप भित्र्याउनमै केन्द्रित गरेको बताउँछन् । शुक्रबारदेखि विज्ञको विश्व सम्मेलनमा राजधानीमा हुँदैछ । एनआरएनएका प्रवक्ता भूषण घिमिरे सीमित व्यवसायी रहेकाले उनीहरूले मात्रै लगानी गरेर सम्भव नहुने भएकाले विदेशमा सिकेका ज्ञान सीपलाई समेत देशको विकासमा प्रयोग गर्नु जरुरी रहेको औँल्याउँछन् । “यसपालि ‘ब्रेन गेन’ गर्नेगरी कार्यक्रम हुँदैछ, यसले नेपालको समृद्धिमा टेवा पुग्छ”, उनले भने ।
विश्वका ७९ देशमा एनआरएनएको राष्ट्रिय समन्वय परिषद् छ । यसमा करीब एक लाख नेपाली आबद्ध छन् । साठी लाखभन्दा बढी नेपाली विदेशमा रहेको अनुमान छ । उनीहरूले नेपालको आर्थिक समृद्धिमा टेवा पु¥याएका छन् । मेडीसिटी अस्पतालमा डा उपेन्द्र महतोको लगानी छ भने अध्यक्ष भवन भट्टको धुलिखेल रिसोर्टमा लगानी छ । शेष घलेले पाँच तारे होटल तथा जीवा लामिछाने चारतारे होटल खोल्ने तयारीमा छन्।
एनआरएनएले व्यक्तिगत रूपमा गैरआवासीय नेपालीको लगानीको अवस्थाबारे अहिले अध्ययन गर्न थालेको छ । सामूहिक लगानीका परियोजनासमेत अघि बढेको एनआरएनएले जनाएको छ । सामूहिक लगानीमा २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजना निर्माणकै चरणमा छन् । अहिले रु १० अर्बको कोष स्थापना गरेर सरकार, एनआरएनए र सर्वसाधारणको संयुक्त लगानीमा विभिन्न परियोजना सञ्चालन गर्ने तयारी गरिएको अध्यक्ष भट्ट बताउँछन् । दिवसको अवसरमा गैरआवासी नेपालीले मंगलबार स्वयम्भूमा एक लाख बत्ती प्रज्वलन गरेका छन् । मंगलबारै बिहान पशुपतिमा पूजा गरी दिवसको औपचारिक शुरुवात गरिएको थियो।
एनआरएन र पत्रकार महासंघबीच हस्ताक्षर
काठमाडौं । गैरआवासीय नेपाली संघले बिहिबार स्थापना दिवसकै अवसर पारेर नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा पुस्तकालय निर्माण गर्ने घोषणा गरेको छ । महासंघमा आयोजित एक कार्यक्रमकाबीच पुस्ताकालय निर्माण गर्ने घोषणा गरिएको हो ।
एनआरएनका अध्यक्ष भवन भट्ट र पत्रकार महासंघ अध्यक्ष गोविन्द आचार्यबीच सो सहमतीपत्रमा हस्ताक्षर भएको हो । पुस्ताकालय तीन महिनाभित्र निमार्ण सम्पन्न गरिसक्ने र त्यसको लागत १५ लाख अनुमान गरिएको छ । कार्यक्रम एनआरएनउपाध्यक्षद्धय कुमार पन्त, कुल आचार्य, लाईबेरि समितिका अध्यक्ष कपिलदेव थापालगायतको सहभागिता थियो ।
‘एनआरएन डे’ को अवसरमा स्वयम्भु र पशुपतिमा पूजा पाठ
गैरआवासीय नेपाली संघको स्थापना दिवसको अवसरमा बिहिबार स्वयम्भु र पशुपतिनाथमा पूजा पाठ गएिको छ । बिहान शूरुमै स्वम्युमा पूजा पाठ गरियो भने त्यसपछि पशुपतिमा पूजा पाठ गरिएको हो । त्यस्तै, माइतीघरमा नेपालको राष्टिय झन्डा फहराइएको छ । अहिले केहि समयमा शंख्खमुल पार्क सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ भने साझ पर्ख बालुवाटारमा नयाँ भवनमा कार्यालय सर्ने कार्यक्रम रहेको छ ।
एनआरएन डे को अवसरमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, संरक्षक जीवा लामिछाने, संरक्षक रामप्रताप थापा, पूर्व अध्यक्ष शेष घले, जमुना गुरुग, एनआरएन अध्यक्ष भवन भट्टलगागयतका एनआरएनका पदाधिकारीहरु उपाध्ययक्षद्धय कुमार पन्त, कुल आचार्य, महासविच बद्री केसी, सचिव डिवी क्षत्री, जानुका गुरुगं, कोषाध्यक्ष हिक्मत थापा, सहकोषाध्यक्ष सोम सापकोटालगायत आइसिसी सदस्य, विभिन्न एनसिसीबाट आएका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । एनआरएनहरुले बिहिबार निकै उत्साह र हर्षोल्लासका साथ यो दिवस मनाएका हुन ।
शंखमुल पार्क सरकारलाई हस्तान्तरण
गैरआवासीय नेपाली संघको लगानीमा निर्माण गरि शंख्खमुल पार्क सरकारलाई हस्तान्तरण गरिएको छ । काठमाडौं र ललितपुर जिल्लाको सीमा क्षेत्रमा पर्ने बाग्मती नदी किनारको ३२ रोपनी क्षेत्रफलमा फैलिएको पार्क सरकारलाई हस्तान्तरण गरिएको हो । एनआरएन डे का अवसर पारेर आज पार्कको उद्घाटन गर्दै सरकारलाई हस्तान्तरण गरिएको हो । पार्क करिव ३ करोड लागतमा निर्माण भएको हो ।
सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईको उपस्थितिमा एनआरएनए अध्यक्ष भवन भट्टले ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनलाई पार्क हस्तान्तरण गरे । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एनआरएनएले निर्माण गरिदिएको पार्क संरक्षण गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा कार्यक्रममा सहरी विकासमन्त्री मोहम्मद इस्तिायक राईले अनुकरणीय काम गरेर सरकारलाई गुन लगाउने कार्य गरेको खुसी ब्यक्त गरे।
कार्यक्रममा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, एनआरएन संरक्षक एवं पूर्व अध्यक्ष जीवा लामिछाने, निवर्तमान अध्यक्ष शेष घलेलगायतले एनआरएनलाई ठूलो सफलता मिलेको बताउँदै एनआरएनले यस्तै नमुना कार्य गर्दै जानुपर्नेमा जोड दिए । कार्यक्रममा एनआरएनका उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महिला उपाध्यक्ष सपिल राजभण्डारीलगायतको सहभागिता थियो । सन् २०१४ अक्टोवरमा गैरआवासीय नेपाली संघ एनआरएनएले शंखमुल घाट व्यवस्थापन र पार्क निर्माण थालेको थियो । तत्कालिन मुख्यसचिव लीलामणी पौडेल र एनआरएनएका अध्यक्ष शेष घलेले अत्याधुनिक पार्क बनाउने अभियानको थालनी गरेका थिए।
झण्डै ३२ रोपनी क्षेत्रफलमा फैलिएको पार्कले काठमाडौं उपत्यकालाई हरियाली बनाउन र सुन्दर बनाउन मद्दत मिल्ने भएको छ । काठमाडौं उपत्यकामा रहेका पार्क मध्य शंखमुल पार्क सबैभन्दा अत्याधुनिक मानिएको छ । पार्कसंगै घाट व्यवस्थापन समेत गरिने छ । साथै मानव निर्मित नेपालमै सबैभन्दा ठूलो शंख बनाइएको छ । नदीको दुवै किनारमा तार जाली लगाइएको छ भने पार्कमा पोखरी निर्माण गरिएको छ । नदीको आसपासमा फोहोर नहोस भनेर ठाउँ ठाउँमा फोहोर फ्याक्ने डस्सविनको व्यवस्था पनि गरिएको छ । दुवो सहितको घाँसे मैदान व्यवस्थापन, रुख बिरुवाको व्यवस्थापन, आकर्षक फुल बगैंचाको व्यवस्थापन गरिएको छ । पार्कसंगै पाँचवटा घाटको व्यवस्थाप गरिएको हो । पार्कमा पोखरी निर्माण, चौबिसै घन्टा पानी बग्ने ठूलो शंख, रुद्रधाराको निर्माण गरिएको छ।
हिउँद याम र वर्षायाम दुवैमा बस्न मिल्ने गरि बनाइएको छ । पानी परेको अवस्थामा ओतलाग्ने र जाडो याममा घाम ताप्नमिल्ने गरि पार्क तयार भएको छ । नदीको बगर समेत व्यवस्थापन गरेर पर्खाल लगाइएको छ । ठाउँ ठाउँमा पिलर समेत राखिएको छ । नदीले बगाएर ल्याउने फोहोर पनि नरोकिने गरी आसपासको क्षेत्रलाई व्यवस्थापन गरिएको छ । जमिन मुनीको पानीलाई तानेर २४ सैं घन्टा पार्कका विभिन्न ठाउँमा पानीको व्यवस्था, सडक बत्ती र पार्कका विभिन्न ठाउँमा बिजुली बत्तिको ब्यवस्था गरिएको छ । विश्वभरी छरिएर रहेको एनआरएनको चन्दा संलनबाट पार्क निर्माण गरिएको हो।