टोक्यो : सोनु भुसाल (सोनु)ले जनसम्पर्क समिति जापान अन्तर्गतको कान्तो क्षेत्रीय समिति नयाँ चिराबाट अघि बढ्नुपर्ने बताएकी छिन् । उनले समितिको नियत नराम्रो भएको भन्दै एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ समितिको बारेमा युवाहरुले सोच्नुपनेले बेला भएको बताएकी हुन् ।
जापानमा अध्ययन गर्न गएकी भुसालले समितिमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिएकी थिइन् । उनले नेपाली काङ्रेसको भातृ संगठन जन सम्पर्क समिती जापानको कान्तो क्षेत्रमा आफ्नो विद्यार्थी जीवन सँगसँगै राजनैतिक सक्रीयतालाई पनि साथ साथै लिएर आइन।
उनको सकृयता र कार्यक्षमतालाई मुल्याङ्कन गरेर उनलाई कोषाध्यक्ष पद दिने निर्णय कार्यसमितिमा भइ सकेको सन्दर्भमा कथित निर्वाचन गराइ निर्वाचन कक्षमै उपस्थित नभएको एक पुरुष वर्गलाई अप्रत्यासित ढंगले विजयी गराइ उनलाई पाखा लगाउने निर्णय गरियो। जो एक्दमै दुःखको कुरा हो भन्दै उनले प्रेस विज्ञप्ति नै पेश गरेकी छिन ।
उनले प्रेषित गरेको प्रेस विज्ञप्ति यस्तो छः
जनसम्पर्क समिति जापान अन्तर्गतको कान्तो क्षेत्रीय समितिको अक्टूबर ७ तारिखमा सम्पन्न अधिवेशनमा मलाई कोषध्यक्ष पदमा मतदान गर्नुहुने सबै मेरा आदरिणय मतदाता प्रति आभार ब्यक्त गर्दछु । तपाईहरुको सहयोग र विस्वासले यति धेरै मत प्राप्त भएको छ। त्यसैगरी मलाई यो अभियानमा साथ र सहयोग गर्ने सबै अग्रज तथा मेरो सबै शुभेच्छुकहरुलाई धन्यबाद ज्ञापन गर्न चाहान्छु।
कान्तो क्षेत्रको अधिवेशनमा देखिएको केहि दृश्य र गतिबिधिहरुले भने मेरो ध्यान खिचेको छ। सहमतिको लागि निर्वचन समिति र जापानमा रहेका सबै अग्रजहरुले पहल गर्दा पनि अधिवेशन स्थानमा नै आउन नसक्ने उम्मेदबारहरुले के गर्न सक्छन ? यो गम्भीर प्रश्न बनेको छ। प्रजातांत्रिक अभ्यासमा जित हार ठूलो विषय नभएपनि निति र नियतले हार्नु हुदैन यो चुनावमा केहि अग्रजहरुको व्यवहार सिङगो पार्टिलाई मुठिमा राख्ने, जसरी भएपनि आपना मान्छेहरुलाई जिताउनु पर्ने देखियो । यस्ता गतिबिधिको म सधै बिरोधि हु र यस्तो कृयाकलापको सधै बिरोध गर्ने छु ।
कान्तो क्षेत्रीय समितिको अधिवेशन नत समयमा नै शुरु हुन सक्यो नत निष्पक्ष नै यसरी नै अधिवेशन हुने हो भने हामि जस्ता युवाहरुले सोच्नु पर्ने बाध्यता हुनेछ । निर्वाचन समितिले नै उम्मेदबारी दिएको मान्छे नै अधिवेशन अनुपस्थित हुने ब्यक्तिलाई कसरी उम्मेदबार बनाई रहन सक्छ? यो सार्वजनिक पदमा बस्छु र समाजसेवा गर्छु भन्नेहरुको नैतिक आचरण हो कि होईन गम्भिर भएर सोच्ने समय आएको छ ।
मेरो लड़ाई एक ब्यक्ति र एउटा समुहसग नभई विधि र प्रकृयासग हो, त्यसैले सम्पुर्ण अग्रज, सहकर्मी र मेरो साथिहरुलाई यो अभियानमा साथ दिनुभएकोमा आभार ब्यक्त गर्दै आगमि दिनहरुमा पनि तपाईहरुको साथको अपेक्षा राखेको छु ।
सुमन भुसाल (सोनु)
टोकियो, जापान