महोत्तरीमा भूत मेला सुरु, भूतप्रेत बोक्सी हटाउन भन्दै महिलाहरुको उन्माद नाच (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २७, शनिबार ०६:११

होत्तरी :भूतप्रेत, बोक्सी तथा दैबी शक्तिलाई बैज्ञानिक सत्य नमानिए पनि महोत्तरीका विभिन्न शक्तिपीठमा भूतप्रेत भगाउने र सन्तान प्राप्तिको अबरोध हटाउने विश्वाससहित भूतमेलाले निरन्तरता पाउँदै आएको छ ।।हरेक बर्ष यही समयमा महोत्तरीका बिभिन्न शक्तिपिठहरुमा हुने यस्ता मेलालाई कतिपयले अन्धबिश्वास र पाखण्डका संज्ञा दिए पनि यो मेलाको आस्था र बिश्वास निकै रहेको छ ।
यहाँ पुग्ने र झाँक्रीबाट नचाइने महिलालई स्थानिय भाषामा कारनी भनिन्छ । उक्त मेलामा कारनी महिलाले देखाउने क्रियाकलाप आफैमा अनौठो र अस्वभाबिक लाग्दछ । तर उक्त अस्वभाबिक दृश्यनै मेलाको प्रमुख आर्कषण रहदै आएको छ ।

janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु