तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

बक्स अफिसमा छक्का पन्जा-३ को आक्रामक कलेक्सन, अहिलेसम्म यति कमायो !

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २७, शनिबार ०६:१४

काठमाडौँ: घटस्थापनामा रिलिज भएको ‘छक्का पन्जा ३’ ले नेपाली बक्स अफिसमा आक्रामक ब्यापार गरेको छ । फिल्मले रिलिजको पहिलो दुई दिनमा ग्रास २ करोडको व्यापार गरेको निर्माण पक्षले जानकारी दिएको छ।  फिल्मले प्रदर्शनको पहिलो दिन १ करोड ३० लाख र दोस्रो दिन ८० लाख ग्रस कलेक्सन गरेको हो । बिदा नभएको दिनमा फिल्मले गरेको यो व्यापारलाई उत्कृष्ट मान्न सकिन्छ ।

देशभरका अधिकांश सिंगल स्कृनमा वर्चश्व र मल्टिप्लेक्समा सर्वाधिक शो पाएको यस फिल्मलाई दर्शकले पनि राम्रो साथ दिएका छन्।  शुक्रबार र शनिबार फिल्मको कलेक्सन झन् बढ्ने र मंगलबार देखि लगातार बिदा रहेकाले फिल्मलाई झनै फाइदा हुने अनुमान सजिलै गर्न सकिन्छ।  राजधानी बाहिरका मेजर स्टेशन नारायणगढ, पोखरा, हेटौँडा, बुटवल, बिर्तामोड सबैतिर हरेक दिन फिल्म हाउसफुलक साथ् चलिरहेको बताइन्छ।

दीपाश्री निरौलाले निर्देशन गरेको यस फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेलको हास्यकलाकारको टोलीसहित दीपिका प्रसाईँ, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, संजोग कोइरालालगायतको अभिनय रहेको छ । यसअघिका सिरिजमा वैदेशिक रोजगारको पक्षलाई उठाएको यस फिल्मले तेस्रो सिरिजमा शिक्षा क्षेत्रमा हुने बेथिती उठाएको छ।

janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु