तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

टेकोको भरमा पुनर्निर्माण कुर्दै इतिहास

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २७, शनिबार ०९:०९

-शालिक भट्ट

काठमाडौँ – कुनै समय बाह्य तथा आन्तरिक पर्यटकको घुइँचो लाग्ने नुवाकोट दरबार संग्रहालय यतिबेला बिरानो बन्दै गएको छ । इतिहासको साक्षी नुवाकोटको साततले दरबार अहिले टेकोको भरमा अडिएको छ ।

२०७२ वैशाख १२ गते गएको महाभूकम्पले क्षतविक्षत बनाएको ऐतिहासिक यो दरबार मर्मत संभार तथा पुनर्निर्माणको अभावमा दिनानुदिन जीर्ण बन्दै गइरहेको छ । विक्रम सम्वत १८१९ मा ललितपुरबाट वास्तुकलाका प्रख्यात कालिगढ झिकाएर निर्माण गरिएको यो दरबारको अहिले अस्तित्व संकटमा परेको छ ।

भूकम्पले ध्वंश बनाएको उक्त दरबार जीर्ण बन्दै गइरहेको छ। भूकम्प गएको ४ वर्ष हुन लाग्दा समेत दरबारले संरक्षण पाएको छैन् । एक त भूकम्पले थङथिलो बनाएको त्यसमाथि बर्खाको पानी यो दुबैको भार खेप्दै आइरहेको दरबारले अहिले आफूलाई टेकोको भरमा उभ्याइरहेको छ।
दरबारको पुनर्निर्माण चीनले गर्ने भनिएपनि अहिलेसम्म काम शुरु भने गरेको छैन्। नुवाकोटको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फुँयाल चीनले दरबारलगायत वरपरको संरचना पुनर्निर्माण गर्ने भनेपनि अहिलेसम्म निर्माण कार्य शुरु नगरेको बताउँछन् ।

‘चीनले दरबार बनाउने भनेर सर्वेक्षण गरेर पनि गइसक्यो, जहिलेपनि अबको केही महिना मै निर्माण कार्य शुरु हुन्छ भन्छन् तर कहिले शुरु गर्ने हो अहिलेसम्म निश्चित भएको छैन्,’ उनले भने, ‘दरबार नजिकै रहेको भैरवीको मन्दिर बाहेक अरु सबैको पुनर्निर्माण चीनले गर्ने सहमति भएको थियो तर कार्यान्वयन भने भएको छैन्।’

सन् २०१५ को अगष्टमा तत्कालीन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र नेपालका लागि चिनियाँ राजदूत यू होङले सो दरबारको अवलोकन गरेका थिए । सो अवलोकनको क्रममा राजदूतले दरबार पुननिर्माण गर्ने प्रतिबद्धता जनाएपनि अहिले सम्म केही काम भने भएको छैन् ।
गत वर्ष चिनियाँ राजदूत यू होङले उक्त दरबारसँगै रङ्गमहल, गारदभवन, नारायणमन्दिर, तलेजु भवानी राखिएको दरबार लगायतको अवलोकन गरी चाँडै नै पुनर्निर्माण शुरु गर्ने बताएको उनको भनाइ छ ।

यस विषयमा प्रत्यक्ष सरोकार राख्ने पुरातत्त्व विभाग भने चिनसँग औपचारिक रुपमा कुनै पनि सम्झौता नभएको बताउँछ । विभागका प्रवक्ता रामबहादुर कुँवर चिनसँग यस विषयमा छलफल भएपनि सम्झौता नभएकाले पुनर्निर्माण अगाडि बढ्न नसकेको बताउँछन् ।
भूकम्पपछिको पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भने दरबार पुनर्निर्माणको जिम्मा आफुहरूलाई नतोकिएको बताउँछ ।

राष्ट्रिय पुनर्निर्माण अन्तगृतको जिल्ला आयोजना कार्यान्वयन इकाइ नुवाकोटका प्रमुख इन्जिनियर उसेश श्रेष्ठ दरबार पुनर्निर्माणको विषयमा केन्द्रबाट केही पनि निर्देशन नआएको बताउँछन्। ‘हामीलाई दरबारको विषयमा केही पनि जानकारी प्राप्त भएको छैन्, पुरातत्त्व विभागले हेरिरहेको छ भन्ने सुनेको हो अरु त यस विषयमा केही पनि थाहा छैन्,’ उनले भने ।
२ सय ५६ वर्ष पूरानो यो दरबार पृथ्वीनारायण शाहले मल्ल राजाहरूको घमण्ड तोड्न मन्दिर शैलीको नौ तले दरबार बनाउन लगाएको इतिहासकारहरू बताउँछन् । शुरुमा नौ तलाको यो दरबार १९९० सालको भूकम्ले दुई तला भत्काएपछि सात तलामा झरेको थियो ।
मल्लकालीन समयमा मल्ल राजाहरूले पाँच तला र सर्वसाधारण जनताले तीन तलासम्मको घर बनाउने स्थिति बाँधे पनि उपत्यकाका मल्ल राजाहरूको घमण्ड तोड्नकै लागि पृथ्वीनारायण शाहले मन्दिर शैलीको नौतले दरबार बनाउन लगाएको पाइन्छ ।

वास्तुकलाको नमुना मानिएको यो दरबारको संरचना, बन्दीलाई थुल्ने कालकोठरी, आँखीझ्याल लागायत आकर्षणको केन्द्र थिए ।
यो दरबारको छेवैमा रहेको रङ्गमहल, गारदभवन, नारायणमन्दिरको पनि अवस्था त्यस्तै छ । ऐतिहासिक महत्त्वका यी सम्पदा पुनर्निर्माणको अभावमा आफ्नो अस्तित्व गुमाउने अवस्थामा पुगेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु