स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

दशै मानौ तर अस्पताल पुग्न बाट बचौ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २८, आईतवार ०४:१४

-सेफ लक्षमण भण्डारी

नेपालमा मनाइने पर्वहरू मध्ये हिन्दूहरूको महान चाड भनेकै बडा दशैं हो !मान्यजनको हातबाट र टीका र आशीर्वाद थाप्ने र मिठोमसिनो खाने पर्वका रूपमा यसको चिनारी रहँदै आएको छ ।यो पर्वमा नयाँ लुगा लगाउने र मासुका लागि सिँगै खसी ढाल्ने होडबाजी नै चल्छ । विशेष गरी मासुका विभिन्न परिकार बनाएर खाने चलन हुन्छ ।सानोसानो लापरबाहीले गर्दा दशैं मनाउन भनेर आएका पाहुनाहरू बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्था छ । सोही कारण दशैंमा मासुका परिकारको सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्नुपर्छ | मासु एक पौष्टिक आहार हो, यसमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । यसमा जिङ्क, भिटामिन बी, पोटासियमजस्ता तत्व पनि पाइन्छन् ।मासुबाट प्राप्त हुने तत्व त्यति सजिलैसँग भने प्राप्त गर्न सकिँदैन । हामीले राम्रोसँग सुरक्षित ढङ्गले राख्न नजानेमा त्यही मासुबाट विभिन्न भयानक किसिमका रोग उत्पन्न हुन्छ | खानामा दैनिक अत्यधिक रातो मासुको प्रयोगले मानिसको संवेदनशील अङ्ग मुटुमा असर पार्नुका साथै उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउँछ खसी-बोका र मासु कसरी छान्ने ? हेर्दै नाम्ले परेजस्तोअति दुब्लो,आँखा आवश्यकता भन्दा बढी रसिलो भएको, झोक्राएर बस्ने, फनफनी घुम्ने खसी बोका छान्नु हुदैन । मासु हलुका गुलाबी रङको हुनु हुँदैन । मासु हरियो तथा प्याजी रङको भएमा त्यो खान अयोग्य मानिदैन ।मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, मन नपर्ने गन्ध आउनु हुँदैन मासु काट्दा र समाउँदा तन्केको जस्तो हुनुहुँदैन । मासु किन्ने पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार सफा हुनुपर्छ । लगाएको – पोशाक, काटेको तरीका, तराजु सफा हुनुपर्छ । मासु भण्डारण गर्ने तरीका मासुलाई अन्य पाकेका परिकारसँगै फ्रिजमा त्यतिकै राख्नु हुँदैन । मासुलाई फ्रिजमा राख्दा जहिले पनि छोपेर राख्ने गर्नुपर्छ र कहिले पनि माथिल्लो भागमा राख्नु हुँदैन । माथिल्लो भागमा राख्दा मासुमा भएका कीटाणु मासुमै हुने, तरल पदार्थ, हावामार्फत तल्लो सतहमा झर्न सक्छ । तल राखिएका अन्य खाना, पाकिसकेका परिकार, सागसब्जी, शाकाहारीका लागि तयार पारिएका-छुट्ट्याइएका परिकार, फलपूल तथा तरकारीमा पर्न सक्ने खतरा हुन्छ । काँचो मासु र पाकेको मासु एकै स्थानमा राख्नु हुँदैन । सकेसम्म मासुको प्रयोग गर्दा अधिकतम हरियो सागसब्जी खानु उचित मासु खानेबित्तिकै आइसक्रिम, दुध-दही, क्रिमका परिकार नखाने मासु खाँदा ध्यान दिनुपर्ने कुरा दसैं भनेर धेरै मासु खाने चलन छ तर यो गलत प्रवृति हो ।स्वस्थ मानिसले दिनभरमा १ सय ५० ग्राम मासु खानु उपयुक्त हुन्छ । फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु सकेसम्म नखानु होला बासी तथा खुला स्थानमा राखेको मासु नखाने काँचो मासुको परिकार होडबाजी गरेर कुनै पनि हालतमा नखाने पोलेका मासु (सेकुवा, हाकु छोइला आदि) सकेसम्म नखाए कै राम्रो । रराम्ररी सफासँग पखालेको र राम्ररी पाकेको मासुमात्र खाने ,बोसो तथा छालारहित मासुको प्रयोगमा जोड दिने मसला तथा तेलीय पदार्थ धेरै प्रयोग नगर्नुहोस ,लह्सुन र अदुवा र हरियो खुर्शानी प्रयोग गर्नुहोस | मासुखादा सलाद (मुला ,सलादपात र पुदिना ) बडी प्रयोग नगर्नुहोस

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु